प्रधानमन्त्री कार्यालयको फेसबुक पेज गायब !



काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको (Office of the Prime Minister and Council of Ministers – OPMCM – Nepal)  नाम रहेको फेसबुक पेज गायब भएको छ ।

हिजो (बिहीबार) दिउँसो सरकारले दुई दिनका लागि उपत्यामा अलपत्र र लकडाउनका कारण बेरोजगार भएका सर्वसाधारणलाई घर जान दिने निर्णय भएको खबर सार्वजनिक भयो ।

कोरोनाभाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पाखरेलसहित बिहीबार बसेको बैठकले शुक्रबार र शनिबार उपत्यकामा अलपत्र नागरिकलाई घर पुर्याउने निर्णय गरेको थियो ।

उपप्रधानमन्त्री पोखरेलसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’लगायतका उपस्थितमा भएको निर्णय प्रति अन्तर मन्त्रालय र प्रदेश मुख्यमन्त्रीहरुले असन्तुष्टि व्यक्ति गरेका थिए ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले लकडाउनमा यस्तो निर्णय ठिक नभएको भन्दै आपत्ति जनाएका थिए ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै मुख्यमन्त्री पोखरेलले भने– ‘काठमाडौंबाट बाहिर जाने र बाहिरबाट काठमाडौं जान निदने कुरा सत्य होइन होला । लकडाउनको अर्थ लकडाउन नै हो । बरु बेखर्चीलाई राहत देऊ ।’

यता निर्णय गरेको डेढ घण्टामै सरकारले सो निर्णय उल्ट्यो । यातायात मन्त्री नेम्वाङले सो निर्णय भएको करिब डेढ घण्टापछि काठमाडौं बाहिर जानेलाई तत्काल पठाउन नसकिने बताएका थिए । उनले अहिलेको अवस्थामा उपत्यका बाहिर पठाउनका लागि त्यस्तो कुनै तयारी वा निर्णय नभएको छ ।

त्यसोत यातायात मन्त्री नेम्वाङले त्यस्तो निर्णय केही नएको भनेपछि उपप्रधानमन्त्री पोखरेलले ‘काठमाडौं प्रवेश गर्न नपाइने तर काठमाडौं बाहिर जान भन्ने खुला गर्ने निर्णय गरिएको’ भन्ने समाचार सार्वजनिक सञ्चार माध्यमहरु खासगरी सामाजिक सञ्जालहरुमा आइरहेको सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको भन्दै फेसबुक पेजमा स्टाट्स लेखेका छन् ।

‘यस किसिमको कुनै निर्ण नभएको, कोभिड–१९ को संक्रमणबाट राष्ट्रलाई बचाउनुपर्ने आवश्यतालाई गम्भीरताका सात महसुस गरी ‘बन्दाबन्दी’ (लकडाउन) लाई जारी राखिएको, सम्माननीय प्रधानमन्त्री ज्यूले देशवासीहरुका नाममा हालै गर्नुभएको सम्बोधनमा समेत यसको आवश्यकतालाई गम्भीर रुपमा उठाइएको कुरा हामी सबैले सुनेका बुझेका छौं ।’ उनले लेखेका छन् ।

यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको फेसबुक पेसमा लेखिएको छ–‘लकडाउनका कारण काठमाडौं उपत्यकाबाट बाहिरिन खोज्नु भएका बासिन्दाहरुलाई मध्यनजर गर्दै आज बसेको उच्चस्तरीय समितिको बैठकले भोलि र पर्सा काठमाडौं उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय गरेको छ ।’

तर, उक्त पोस्ट भएको केही समयमै सम्वादन गर्दै–‘स्थानीय तथा प्रदेशस्तरका सरकारहरुले मान्यता नदिएको हुनाले भोलि र पसी काठमाडौं उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय फिर्ता गरिएको छ ।’ लेखेर पोष्ट अपडेट गरियो ।

सोही विषयलाई लिएर सामाजिक सञ्जालमा चर्को विरोध शुरु भयो । सञ्चारमाध्यम र सामाजिक सञ्जाललाई दोष दिँदै विज्ञप्ति जारी गर्ने र प्रधानमन्त्री कार्यालयले निर्णय फिर्ता लिइएको विषयलाई लिएर स्क्रिनसट भाइरल भयो । साथै सरकारको नैतिकता माथि नै प्रश्न उठ्यो ।

सोही कारणले अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (Office of the Prime Minister and Council of Ministers – OPMCM – Nepal) को नाम रहेको फेसबुक पेज नाम  https://www.facebook.com/OPMCMNP  गायब भएको । यसरी २४ घण्टा वित्न नपाउँदै फेसबुक पेज गायब हुँदा सरकारको निर्णयमाथि थप शंका उत्पन्न भएको छ ।

प्रधानमन्त्री कार्यालयको उक्त पेजलाई फेसबुकले आधिकारिकतासमेत दिएको दिएको थियो ।

कोरोनाभाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि सरकारले पटकपटक समय थप गर्दै चैत ११ गतेदेखि वैशाख ३ गतेसम्म लकडाउनको घोषणा गरेको छ।

नेपालमा अहिले ९ जनामा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ । जसमध्ये एक जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने ८ जनाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्