अभिनेत्री पूजा शर्माद्वारा ३० जना प्राविधिकका परिवारलाई राहत प्रदान



काठमाडौं : विश्वभर फैलिएको कोरोनाभाइरसका कारण अहिले नेपाल लकडाउनमा छ । यसको असर चलचित्र क्षेत्र, विशेष गरेर चलचित्र प्राविधिकहरुलाई पनि परिरहेको छ । यसै कुरालाई मध्यनजर गदै प्राविधिकहरुको साझा संस्था चलचित्र प्राविधिक संघले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका प्राविधिकहरुलाई सहयोग गर्न अपिल गरेको छ । अहिले विभिन्न व्यक्तिबाट सहयोगका रकमहरु पनि जुटिरहेको छ ।

त्यस्तै अभिनेत्री पूजा शर्माले पनि २ लाखभन्दा बढीको खाद्यन्न प्राविधिकहरुको परिवारलाई प्रदान गरेकी छन् । उनले ३० जना प्राविधिकलाई प्रति व्यक्ति १ बोरा चामल, २ केजी नुन, २ लिटर तेल, दाल, केराउ, १ केजी चिनी, विस्कुट, १० प्याकेट चाउचाउ, साबुन र स्याबिन वितरण गरेकी छिन् । उनको साथमा प्राविधिक संघका अध्यक्ष पुस्कर लामा, संघका उपाध्यक्ष अर्जुन प्रसाद पोखरेल, पूर्व महासचिव सुरज आचार्य लगायत व्यक्तिहरु रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्