हास्यकलाकार किरण केसीद्वारा महालक्ष्मी नगरपालिकालाई सहयोग



काठमाडौं : सरकारले कोरोनाभाइरसको संक्रमण फैलिन नदिन देशभर लकडाउन गरेको छ । करिव दुई साता बढि समयदेखि सर्वसाधारण घर बाहिर निस्किन पाउने छैनन् ।

लकडाउनका कारण दैनिक मजदुरी गरेर जीवन गुजरा गर्नेहरुलाई निकै गारो भइरहेको छ । यसै कुरालाई मध्यनजर गदै विभिन्न व्यक्ति, समूह र संस्थाहरुले खाद्यन्नसहित विभिन्न राहत वितरण गरिरहेका छन् ।

यसैक्रममा हास्यकलाकार किरण केसीले पनि राहत वितरण गरेका छन् । कलाकार केसी र ट्वान्टी वान ग्रुप प्रोपर्टी डिलक्सले संयुक्त रुपमा ललितपुरको महालक्ष्मी नगरपालिकालाई चामल र मास्क उपलब्ध उपलब्ध गराएका छन् । उनले एक सय बोरा चामल र १० हजार पीस मास्क प्रदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्