अस्ट्रेलियाका एक मन्त्रीले लकडाउनको नियम तोडेपछि दिए राजीनामा



एजेन्सी : कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको लकडाउन उल्लघंन गरेपछि अस्ट्रेलियाका न्यु साउथ वेल्सका एक मन्त्रीले राजीनामा दिएका छन्।

न्यु साउथ वेल्सका कलामन्त्री डन हार्विनले प्रधानमन्त्री ग्लेडिस बेरेजिक्लियनलाई राजीनामा पत्र बुझाएका छन्।

उनलाई कोभिड–१९ का विरुद्ध जारी प्रतिबन्धको क्रममा यात्रा गरेको आरोप लागेका थिए।

हार्विनले भने आफूले लकडाउन उल्लघंन नगरेको बताएका थिए। उनले आफूले सार्वजनिक स्वास्थ्य आदेश अनुरुप कार्य गर्न खोजेको प्रष्टिकरण दिएका थिए।

प्रतिक्रिया दिनुहोस्