कस्तो छ छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमितको अवस्था?



एजेन्सी– कोरोना भाइरसको संक्रमण भारतमा तिब्र गतिमा फैलिरहेको छ ।

भारतको स्वास्थ्य मन्त्रालका अनुसार संक्रमितको संख्या ६ हजार ४ सय १२ पुगेका छ । पछिल्लो एक दिनमा ६ सय ७६ नयाँ संक्रमित थपिएका हुन् ।

कोरोना भाइरसको कारण भारतमा १ सय ९९ जनको मृत्यु भएको छ । २४ घण्टामा ३३ थपको जनाको मृत्यु भएको जनाइएको छ । त्यसैगरी ५ सय ३ जना उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्