सुदूरपश्चिममा ८ सय ३९ जनाको र्यापिड टेष्ट, सबै रिपोर्ट नेगेटिभ



धनगढी : कैलाली र कञ्चनपुरसहित सुदूरपश्चिमका पहाडी जिल्लामा कोरोना भाइरसको र्यापिड टेष्ट गर्न थालिएको छ ।

यसअघि कैलाली र कञ्चनपुरबाट संकलन गरिएका थ्रोट स्वाव र रगतको नमूनालाई र्यापिड डाइग्नोस्टिक टेस्ट र पिसिआर मेसिन मार्फत् परीक्षण गरी विश्वसनीयता मापनपछि मात्रै र्यापिड टेष्टलाई अगाडि बढाउने भनिएको थियो ।

तर विश्वसनीयता मापन नगरी र्यापिड टेष्टले तिव्रता पाएको हो । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार कैलाली र कञ्चनपुरका पहाडी जिल्लामा अहिले सम्म ८ सय ३९ जनाको र्यापिड टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

कैलालीका ३ सय ३९ र कञ्चनपुरका १ सय ३७ जनामा टेष्स्ट गरिएको थियो भने पहाडी जिल्लामा पनि थपको र्यापिड टेष्ट गरिएको थियो । कतिपय चिकित्सकहरुले भने, र्यापिड टेस्ट धेरै विश्वसनीय नभएको पनि बताएका छन् ।

सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख डा.जगदिश जोशीले पीसीआर परीक्षणमा भाइरस भए नभएको जानकारी प्राप्त हुने बताउँदै र्यापिड टेष्टमा भने कोभिड-१९ ले संक्रमण गरेको शरीरले उत्पादन गर्ने ‘एन्टीबडी’को मात्रा परीक्षण हुने बताए ।

उनका अनुसार यो परीक्षण प्रविधि पीसीआरभन्दा कम विश्वसनीय हुन्छ । र्यापिड टेष्टमा पोजेटिभ देखाए पनि पुष्टिका लागि पीसीआर परीक्षण गर्नै पर्ने उनले बताए । माईक्रोबायोलोजिस्ट सुनिल लेखकका अनुसार पीसीआर टेष्टमा नाक वा घाँटीबाट लिइने स्वाब परीक्षण गरिन्छ भने आरडीटीमा रगतको नमूना परीक्षण गरिन्छ । र्यापिड टेष्टले शरीरको प्रतिरोधात्मक पक्षलाई देखाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्