प्रतिक्रियावादीहरूको षडयन्त्रबाट विचलित नहुने सांसद यादवको भनाई



वीरगन्ज– समादवादी पार्टीका नेता एवम पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै प्रतिक्रियावादीहरूको षडयन्त्रबाट आफू विचलित नहुने बताएका छन् ।

विज्ञप्तीमा देश र दुनिया यतिखेर कोरोना (कोभिड–१९) भाइरसको नियन्त्रणको लागि प्रयासरत रहको र सोहिक्रममा नेपाल सरकारले पनि देशब्यापी रुपमा लकडाउन घोषणा गरेको सबैलाई जानकारी नै भएको उल्लेख गरिएको छ ।

भारतको रक्सौलमा नेपालका जनता क्वारेन्टाइनमा राखिएकोमा उनीहरू के कस्ता अवस्थामा बसिरहेका छन, नेपालीलाई सुरक्षित क्वारेन्टाइनमा पु¥याउन भारतमा कस्तो प्रबन्ध छ भन्ने जान्न उत्सुक्ता भएकोले आफू छिमेकी शहर रक्सौल पुगेको बताएका छन् ।

उनीहरूले नेपालबाट कसैले चाँसो नलिएको भनी गुनासो गरेको सुनियो । सिमावर्ती क्षेत्रको साँसद भएकोले उता भारततर्फ जान सकिन्छ कि सकिदैन भनेर मैले समन्वय थालें । पर्साका प्रमुख जिल्ला अधिकारीसंग सल्लाह लिदा जानुस भनेर प्रतिक्रिया दिए । सिमा पारीका स्थानिय अधिकारीहरुसंग समन्वयपछि ‘हुन्छ’ भनेर सन्देश दिएको विज्ञप्तीमा उल्लेख छ ।

‘मेरो सक्रियतासंगै बढेको लोकप्रीयतालाई सह्न नसकेका केही प्रतिक्रियाबादी नेताहरुले बिहीवार यसलाई बिभिन्न किसिमको मुद्दा बनाई आफूलाई बदनाम बनाउने प्रयास गरेको उनले विज्ञप्ती मार्फत आरोप लगाएका छन । उनीहरुमार्फत बढेको दबाव विच गृह मन्त्रालयले हामीलाई होम क्वारेन्टाइनमा राख्ने भनेको कुरा स्थानीय प्रसाशनमार्फत थाहा पाइयो’– विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्तमिा भनिएको छ– ‘आफै कानुन निर्माण गर्ने ठाउँमा भएकोले बिधि तथा सरकारी नीति निर्देशनको पालना मैले पनि गर्नु नै पर्छ । त्यस कारण घरभित्रै क्वारेन्टाइनमा बसेको छुँ । वीरगन्जमा कोरोना संक्रमितको उपचारको लागि आवश्यक पर्ने २० सैयाको आइसुलेशन निर्माण, नारयाणी अस्पतालमा एक मात्र रहको भेन्टिलेर थप संख्यामा मँगाउने पहल, वीरगन्जमा कोरोना बिशेष स्पताल स्थापनाको प्रक्रिया अगाडि बढाउने, स्वास्थ्य उपकरणहरु मगाउने लगायतका कामहरु मैले गरे पनि मेरो कार्यसूचीका अन्य धेरै कार्यहरु बाकी रहेको छ ।’

यतिखेर उनी घरभित्रै बसेर त्यतातिर काम गरेको र जसको नतिजा पनि चाँडै आउने उल्लेख गरेका छन् ।

आफु केही पनि योगदान नगर्ने र काम गर्नेलाई यावत किसिमले हतोत्साहित गर्न खोज्ने प्रक्रियाबादीहरुको गतिबिधिबाट आफु किन्चित पनि बिचलित नभएको बताउदै सबै कार्यकर्ता, शुभेच्छुक र आम जनतालाई उच्च मनोवलका साथ रहन सबैमा सासद यादवले अहवान समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्