भारतले नेपालसहित १३ देशमा कोरोनामा उपयोगी ‘हाइड्रोक्लोरोक्वीन’ पठाउने



काठमाडौं– भारत सरकारले नेपालसहित १३ देशमा ‘हाइड्रोक्लोरोक्वीन’ निर्यात गर्न ‘क्लीयरेन्स’ दिएको छ । कोभिड–१९ संक्रिमत कतिपय विरामीलाई यस औषधीले लाभ पु¥याएको पत्ता लागेपछि विश्वभर यसको माँग ह्वातै बढेको हो ।

यो औषधीको प्रयोग परम्परागत रुपमा मलेरिया, औंला र हाडजार्नीको दुखाईमा गर्ने गरिन्छ । तर यसको उपयोगिता कोभिड–१९मा पनि देखिएपछि यसको माँग विश्वभर बढेको हो ।

भारत हाइड्रोक्लोरोक्वीनको सबभन्दा ठुलो उत्पादक राष्ट्र हो । भारतले प्रति महिना सो औषधीको ३५ करोड टयाबलेट उत्पादन गर्ने क्षमता राख्दछ । भारतले नेपालबाहेक दक्षिण एसियाका आफ्ना छिमेकीहरु भुटान, माल्दिभ्स, बंगलादेश र अफगानिस्तानलाई पनि सो औषधी निर्यात गर्नेछ ।

त्यस्तै, भारतले युरोपको स्पेन र जमर्नी, भारतीय महासागर क्षेत्रको सेचल्स र मौरसिस, दक्षिण अमेरिकाको डोमिनिकन रिपब्लिक र ब्राजिल तथा पुर्वी एसियाको बहराइनलाई पनि सो औषधी निर्यात गर्ने भएको छ । भारतले यसअघि अमेरिकालाई पनि पर्याप्त मात्रामा सो औषधी पठाएको थियो ।

भारतको यस कार्यको चौतर्फी प्रशंसा भईरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई सो औषधी पठाएकोमा ध्यान ज्ञापन गरेका थिए । त्यस्तै, बाज्रिलले भारतलाई धन्यवाद सन्देश पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्