शनिबारदेखि सहजीकरणका लागि काठमाडौँ उपत्यका क्वारेन्टाइनको अवलोकन


काठमाडौं– सरकारले स्थानीय तह तथा अन्य निकायमार्फत व्यवस्थापन गरिएका क्वारेन्टाइनको मापदण्ड पुगे नपुगेकोबारे स्थलगत अवलोकन र आवश्यक सहजीकरण थाल्ने भएको छ ।

विदेशबाट आएका तथा शङ्कास्पद अन्य व्यक्तिलाई कोरोनाको संक्रमण हुन नदिन सरकारले बनाएको क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालन कार्य्विधिअनुसार मापदण्ड पूरा भएनभएको स्थलगत अनुगमन र आवश्यक सहजीकरण गर्न लागिएको हो ।

सोहीअनुरुप शनिबार मध्याह्न स्थानीय पशुपतिनाथ क्षेत्रमा सञ्चालित क्वारेन्टाइनबाट अवलोकन शुरु गर्न लागिएको हो । मन्त्रिपरिषद्को यही चैत १६ गतेको बैठकले राज्यमन्त्रीद्वय शहरी विकास रामवीर मानन्धर र स्वास्थ्य तथा जनसंख्या नवराज रावतलाई अनुगमन र सहजीकरणको जिम्मेवारी दिएको थियो ।

राज्यमन्त्री मानन्धरले आज काठमाडौँ उपत्यकाका १८ वटै नगर प्रमुख, तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा नेपाली सेनाका क्वारेन्टाइन व्यवस्थापनमा खटिएका पृतनापतिसँग छलफल गरे ।

छलफलमा राज्यमन्त्री मानन्धरले क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालन मापदण्डबारे जानकारी गराउँदै अब सरकारले शनिबारदेखि अनुगमनलाई तीव्रता दिन लागेको जानकारी दिए ।

मुलुक विपद्का घडीमा रहेकाले  तत्काल गर्नुपर्ने काममा कसैको मुख ताक्न नहुने बताउँदै राज्यमन्त्री मानन्धरले स्थानीय सरकारले गरिरहेको काम सन्तोषजनक रहेकामा धन्यवादसमेत दिए । 

स्थानीय सरकारले कोरोना नियन्त्रणका लागि सरकारले गरिरहेको प्रयासमा साथ दिइरहे पनि कतै अन्योल देखिएकाले जनताको जीवन रक्षाका लागि छिटोछरितो ढङ्गले काम गर्न आग्रह गरे ।

क्वारेन्टाइन निर्माण र व्यवस्थापन मापदण्डानुसारको काम गर्न समस्या आए आफू सहजीकरणका लागि तयार भएको बताउँदै राज्यमन्त्री मानन्धरले विपद्को सामनाका लागि गम्भीर ढंगले लाग्न सबैलाई आग्रह गरे । राज्यमन्त्री मानन्धरले क्वारेन्टाइन व्यवस्थापनको खर्चबारे चिन्ता नलिन काठमाडौँ उपत्यकाका नगर प्रमुखलाई आग्रहसमेत गरे ।

काठमाडौंँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गर्न सकिने अवस्थामा रहेका र सम्भावित स्थानको क्वारेन्टाइनबारे दुई दिनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई प्रतिवेदन दिइने छ ।

भक्तपुरको कृषि तालीम केन्द्रमा ६०, खरीपाटीमा १७५ तथा खानेपानी तालीम केन्द्रमा ७० शय्याको क्वारेण्टाइन तयारी अवस्थामा छ । यस्तै ललितपुरको स्टाफ कलेजमा एक सय तथा पशुपतिनाथ क्षेत्रमा ७० शय्या क्षमताको क्वाेिन्टाइन मापदण्डअनुसार छन् ।

काठमाडौँका प्रजिअ जनकराज दाहालले बूढानीलकण्ठ स्कूलमा एक सय, जनमैत्री अस्पतालमा १२४, इचंगु ब्लकमा चार सय तथा दहचोकस्थित मनमोहन अस्पतालको भवनमा सात सय शय्या बनाउन सकिने अवस्था रहेको जनाइएको छ ।

छलफलमा शहरी विकास मन्त्रालयका सचिव मधुसूदन अधिकारीले क्वारेन्टाइनमा राखिने व्यक्तिबारे स्वास्थ्य मन्त्रालयले प्रष्ट नीति बनाउनुपर्ने बताए । स्थानीय र प्रदेश सरकारको योजनामा केन्द्रीय सरकारको आवश्यक समन्वयमा कमी भएको जनाउँदै नगर प्रमुखहरुले आवश्यक समन्वयका लागि राज्यमन्त्रीले पहल थाल्नु सकारात्मक भएको बताए । क्वारन्टाइनको मापदण्ड पूरा गर्न केही प्राविधिक समस्या आउनसक्ने बारे पनि उनीहरुले सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाली सेनाले भारतीय दुई सञ्चारमाध्यमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

काठमाडौं : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसलाई चीनले विश्वलाई दिएको सबभन्दा खराब उपहारको संज्ञा दिएका

चितवन : नवलपुरमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको कोभिड–१९ प्रयोगशालामा

झापा : झापाका १५ पालिकामध्ये सबैभन्दा बढी कचनकवल गाउँपालिका नागरिकमा कोडिभ–१९ का सङ्क्रमण भटिएको छ

काठमाडौं : कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव ल्याउँदा काठमाडौंको पशुपतिनाथस्थित शवदाह गृहमा ताल्चा

काठमाडौं : सरकारले आगामी वर्षदेखि विद्युतीय राहदानी दिने सरकारले घोषणा गरेको छ । आगामी आर्थिक

काठमाडौं– सरकारले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका लागि १ खर्ब ३८ अर्ब ८० करोड

काठमाडौं : सरकारले हुलाकी राजमार्ग आगामी तीन वर्ष सम्पन्न गर्नका लागि आगामी वर्षका लागि ७

काठमाडौं– नेपाल टेलिभिजनको क्षमता विकास गर्दै अन्तर्राष्ट्रिय स्तरमा प्रशारण गरिने भएको छ ।बिहिबार संसदमा आगामी

काठमाडौं– सरकारले खानेपानी तथा सरसफाइ मन्त्रालयका लागि ४३ अर्ब १० करोड रकम विनियोजन गरिएको छ

काठमाडौं : सरकारले नयाँ व्यवसाय शुरु गर्ने व्यवसायीहरुलाई २ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने निर्णय

काठमाडौं : सरकारले उखु उत्पादक किसानलाई अनुदान दिने निर्णय गरेको छ । सरकारले उखु उत्पादन