मानव अधिकारको अवस्था अनुगमन गर्न सदस्य शर्माको संयोजकत्वमाउच्चस्तरीय समिति गठन


काठमाडौं– विश्वव्यापीरुपमा फैलिरहेको कोभिड–१९ बाट उत्पन्न वर्तमान जटिल परिस्थितिमा मानव अधिकारको अवस्था अनुगमन गर्न मानव अधिकारको अवस्था अनुगमन गर्न उच्चस्तरीय समिति गठन भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्यालको संयोजकत्वमा गठित समितिमा आयोगका सचिव वेद भट्टराई, नेपाल बार एशोशिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लीलामणि पौड्याल, नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश विष्ट र गैरसरकारी संस्था महासङ्घ नेपालका अध्यक्ष जीतराम लामा र महासचिव रामप्रसाद सुवेदी छन् । आयोगका निर्देशक डा टीकाराम पोखरेल रहेका छन् । ।

वर्तमान जटिल परिस्थितिमा कोभिड–१९ विरुद्ध लड्न नेपाल सरकारबाट भइरहेका कार्य, स्वास्थ्योपचारको व्यवस्था, आम उपभोक्ताको अधिकार, अभिव्यक्ति स्वतन्त्रता, न्याय प्रशासनमा पहुँच, नागरिकको कर्तव्यलगायतका विषयको अनुगमन गरी आवश्यक सुझाव दिन चारवटै संस्थाका पदाधिकारी रहेको समिति बनाइएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अनुगमनलाई थप प्रभावकारी बनाउन केन्द्रीयस्तरको अनुगमन समितिसहित सातवटै प्रदेशमा आयोगका प्रदेश कार्यालय प्रमुख, नेपाल बार एशोशिएशन, नेपाल पत्रकार महासङ्घ र गैरसरकारी संस्था महासङ्घ नेपालका प्रदेश अध्यक्ष रहने गरी प्रदेशस्तरीय समिति गठन गरिने तयारी पनि आयोगले गरेको छ । यसैगरी देशका ७७ वटै जिल्लामा नेपाल बार एशोसिएशन, नेपाल पत्रकार महासङ्घ र गैरसरकारी संस्था महासङ्घका अध्यक्ष रहने गरी जिल्लास्तरीय अनुगमन समिति गठन गरी कार्य गर्ने निर्णय गरिएको विज्ञप्तिमा छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाली सेनाले भारतीय दुई सञ्चारमाध्यमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

काठमाडौं : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसलाई चीनले विश्वलाई दिएको सबभन्दा खराब उपहारको संज्ञा दिएका

चितवन : नवलपुरमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको कोभिड–१९ प्रयोगशालामा

झापा : झापाका १५ पालिकामध्ये सबैभन्दा बढी कचनकवल गाउँपालिका नागरिकमा कोडिभ–१९ का सङ्क्रमण भटिएको छ

काठमाडौं : कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव ल्याउँदा काठमाडौंको पशुपतिनाथस्थित शवदाह गृहमा ताल्चा

काठमाडौं : सरकारले आगामी वर्षदेखि विद्युतीय राहदानी दिने सरकारले घोषणा गरेको छ । आगामी आर्थिक

काठमाडौं– सरकारले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका लागि १ खर्ब ३८ अर्ब ८० करोड

काठमाडौं : सरकारले हुलाकी राजमार्ग आगामी तीन वर्ष सम्पन्न गर्नका लागि आगामी वर्षका लागि ७

काठमाडौं– नेपाल टेलिभिजनको क्षमता विकास गर्दै अन्तर्राष्ट्रिय स्तरमा प्रशारण गरिने भएको छ ।बिहिबार संसदमा आगामी

काठमाडौं– सरकारले खानेपानी तथा सरसफाइ मन्त्रालयका लागि ४३ अर्ब १० करोड रकम विनियोजन गरिएको छ

काठमाडौं : सरकारले नयाँ व्यवसाय शुरु गर्ने व्यवसायीहरुलाई २ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने निर्णय

काठमाडौं : सरकारले उखु उत्पादक किसानलाई अनुदान दिने निर्णय गरेको छ । सरकारले उखु उत्पादन