वन र वन्यजन्तु जाेगाउने कि विमानस्थल बनाउने ?



काठमाडौं : वन र वन्यजन्तु जोगाउने कि अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भन्नेमा विज्ञबीच मत बाझिएपछि त्यसको निक्र्योल गर्न पूर्वप्रधानमन्त्री माधव नेपाल नेतृत्वको संसदीय उपसमिति निजगढको स्थलगत भ्रमणमा जाने भएको छ ।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि वन फँडानी गर्दा पर्ने प्रभावका सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिको बिहीबार बसेको बैठकले कात्तिक ४ गते स्थलगत अध्ययनमा जाने निर्णय गरेको हो ।

बैठकले वन फँडानी र विमानस्थल निर्माणका सम्बन्धमा राय बुझ्न निम्त्याएका विज्ञमध्ये केहीले कम क्षतिमा विकासको काम अघि बढाउन सुझाव दिएका थिए भने केहीले वन सम्पदा मास्नुको बदला आयोजनास्थल अन्यत्रै सार्नुपर्ने राय दिएका थिए । ‘कान्तिपुरमा खबर छापिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्