भ्यालेन्सियाविरुद्ध हार जोगाउन मेसीले गरे २ गोल 



बार्सिलोना:  फरवार्ड लिओनल मेसीले २ गोल गर्दा बार्सिलोनाले भ्यालेन्सियासँग २-२ गोलको बराबरी खेलको छ। खेलमा भ्यालेन्सियाले २ गोलको अग्रता लिएको थियो। खेलको २४ मिनेटमा जिमेरो र ३२ मिनेटमा परेजोले पेनाल्टीमा गोल गरेर भ्यालेन्सियालाई २-० गोलले अघि बढाए। 

तर मेसीले ३९ मिनेटमा पेनाल्टी र ६४ मिनेटमा अर्को गोल गर्दा खेल बराबरीमा आएको थियो।  लिगको अर्को खेलमा सेभिल्लालाई सेल्टा भिगोले १-० गोलले हराएको छ।  लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाले २२ खेलबाट ५० अंक जोडेको छ। दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको एक खेल कम खेल्दै ४४ र तेस्रो स्थानको रियलको ३९ अंक छ।

प्रतिक्रिया दिनुहोस्