नेपालसामु अफगानिस्तानले दियाे २४५ रनकाे लक्ष्य



काठमाडाै‌ : भारतको लखनउमा भइरहेको १९ वर्षमुनिको एक दिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत आज तेस्रो स्थानको लागि भएको खेलमा अफगानिस्तानले नेपाललाई २४५ रनको चुनौती दिएको छ । लखनउस्थित एकान अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले नेपाललाई २४५ रनको लक्ष्य दिएको हो । 

अफगानिस्तानले ५० ओभरमा आठ विकेट गुमाउँदै २४४ रनको योगफल बनायो । अफगानिस्तानको लागि रियाद हशनले सर्वाधिक ११७ रन जोडे । १४९ बल खेलेका उनले दुई छक्का र १२ चौका प्रहार गरे । त्यसैगरी बसिर खान सिरले ३२ तथा अरिफ खान दलवतजाईले २४ रन जोडे । 

बलिङतर्फ नेपालका सागर ढकाल, पवन सराफ र मोहम्मद सांसद आलमले दुई्दुई विकेट लिए । यसअघि भएको लिग चरणको खेलमा नेपालले अफगानिस्तानलाई २५ रनले पराजित गरेको थियो । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ । 

प्रतिक्रिया दिनुहोस्