प्रदेश २ मा ३ सय ६३ को स्वाब परिक्षण, १ सय ३२ को नेगेटिभ, २ सय ३१ जनाको रिपोर्ट आउन बाँकी



जनकपुरधाम : प्रदेश २ मा शनिबारसम्म ३ सय ६३ जना कोरोना भाइरसका शंकास्पद व्यक्तिहरुको थ्रोट स्वाब परिक्षण गरिएको छ ।

ति मध्ये १ सय ३२ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने २ सय ३१ जनाको रिपोर्ट आउन बाँकी छ । प्रदेश २ मा चैत २१ गतेबाट सुरु गरिएको ल्याब परिक्षण मध्ये नारायणी अस्पताल वीरगञ्जमा ९७ जनाको परिक्षण गरिएकोमा ६० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ३७ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

प्रादेशिक अस्पताल जनकपुरमा २ सय ४६ जनाको परिक्षण गरिएकोमा ५२ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १ सय ९४ जनाको आउन बाँकी रहेको छ ।

त्यस्तै राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा ११ जनाको टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । भारत लगायत अन्य देशबाट फर्केर नेपाल आएका कोरोना भाइरसका शंकास्पद व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्ने क्रमसमेत जारी रहेको छ ।

प्रदेश २ मा कोरोना भाइरस संक्रमणको आशंकामा विभिन्न जिल्लामा निर्माण गरिएको ३ हजार २ सय ३७ बेड क्षमताको १ सय ४६ वटा क्वारेन्टाइनमा ७२ जना महिला र ९ सय २१ जना पुरुष गरि जम्मा ९ सय ९३ जना शंकास्पद व्यक्तिलाई राखिएको सामाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले जानकारी दिए ।

प्रदेशभरिमा अहिले ५३ जना महिला र १ हजार २ सय ४१ जना पुरुष गरि जम्मा १ हजार २ सय ९४ जना व्यक्तिहरु होम क्वारेन्टाइनमा रहेका छन् भने २ सय १४ बेड क्षमताको आईसोलेसनमा २ जना महिला र १२ जना पुरुष गरि जम्मा १४ जना भर्ना रहेको उनले बताए ।

सचिव घिमिरेका अनुसार रौतहटमा ७ सय ५ बेड क्षमताको १६ वटा क्वारेन्टाइनमा अहिले १७ जना महिला र २ सय १ जना पुरुष गरि जम्मा २ सय ४१ जनालाई र ३ जना महिला एवं ४१ जना पुरुष गरि ४४ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ भने ३० बेड क्षमताको आईसोलेसन बेडमा अहिले कुनै शंकास्पद बिरामी नरहेको बताइएको छ ।

त्यस्तै बारामा ४ सय ४ बेड क्षमताको १४ वटा क्वारेन्टाइनमा अहिलेसम्म ५ जना महिला र ६३ जना पुरुष गरि जम्मा ६८ जनालाई राखिएको छ । बारा जिल्लामा निर्माण गरिएको ४८ वटा आईसोलेसन बेडमा अहिले कुनै शंकास्पद बिरामी नरहेको घिमिरेले जानकारी दिए । बारामा अहिले २ जना महिला र ५५ जना पुरुष गरि ५७ जना होम क्वारेन्टाइनमा रहेका छन् ।

पर्सामा २ सय ८६ बेड क्षमताको १४ वटा क्वारेन्टाइन बनाइएको छ । त्यहाँ १५ जना महिला र ७० जना पुरुष समेत गरि जम्मा ८५ जना क्वारेन्टाइनमा र २ जना महिला एवं ९ जना पुरुष गरि ११ जना होम क्वारेन्टाइनमा रहेका छन् । पर्साको बिभिन्न ठाउँमा रहेको ३० बेडको आईसोलेसनमा अहिले ३ जना शंकास्पद पुरुष बिरामीलाई राखिएको छ ।
सप्तरीमा ५ सय ८७ बेड क्षमताको ३१ वटा क्वारेन्टाइनमा अहिले ७ जना महिला र २ सय ४७ जना पुरुष गरि जम्मा २ सय ५४ जनालाई निगरानीमा राखिएको छ भने ७ जना महिला र १ सय ८८ जना पुरुष गरि १ सय ९५ जना होम क्वारेन्टाइनमा छन् । सप्तरीमा रहेको १३ वटा आईसोलेसन बेडमा अहिले कुनै पनि बिरामी नरहेको उनले बताए ।

सिरहामा २ सय ४६ बेड क्षमताको १७ वटा क्वारेन्टाइनमा अहिले १३ जना महिला र १ सय २१ जना पुरुष गरि जम्मा १ सय ३४ जना र ४ जना महिला एवं ७३ जना पुरुष गरि होम क्वारेन्टाइनमा ७७ जना रहेका छन् । त्यस जिल्लामा ४० बेडको आईसोलेसन रहेकोमा त्यहाँ अहिले ४ जना शंकास्पद पुरुष बिरामीलाई राखिएको छ ।

धनुषामा ३ सय ६२ बेड क्षमताको १७ वटा क्वारेन्टाइनमा अहिले ६ जना महिला र ९३ जना पुरुष गरि ९९ जनालाई राखिएको उनले जानकारी दिए । यस जिल्लामा अहिले १० महिला र ५२ पुरुष गरि ६२ जनालाई होम क्वारेन्टाइनमा पठाइएको उनले बताए । प्रादेशिक अस्पताल जनकपुरमा १२ बेडको आइसोलेशन रहेकोमा त्यहाँ २ महिला र ५ पुरुष गरि ७ जना शंकास्पद बिरामीलाई आईसोलेसनमा राखिएको छ ।

त्यस्तै महोत्तरीमा ३ सय २५ बेड क्षमताको १७ वटा क्वारेन्टाइन बनाइएको छ । त्यहाँ अहिलेसम्म २० महिला र ७ सय ७८ पुरुष गरि जम्मा ७ सय ९८ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ भने क्वारेन्टाइनमा ७ महिला र ६७ पुरुष लगायत ७४ जनालाई राखिएको छ । महोत्तरीमा २६ बेडको आईसोलेसन निर्माण गरिएपनि अहिले ति आईसोलेशनमा कुनैपनि शंकास्पद बिरामी नआएको उनले बताए ।

सर्लाही जिल्लामा ३ सय २१ बेड क्षमताको २० वटा क्वारेन्टाइनमा अहिले २ महिला र ५९ पुरुष गरि ६१ जना रहेका छन् भने ५ महिला र ४५ पुरुष गरि ५० जनालाई होम क्वारेन्टाइनमा पठाइएको उनले बताए । १५ वटा आईसोलेशन बेड निर्माण गरिएपनि अहिले ति आईसोलेसनमा कुनैपनि शंकास्पद बिरामी आएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्