यसकारण रोकियो मिया खलीफाको विवाह



एजेन्सी : विश्व नै कोरोना भाइरसको महामारीको चपेटामा परेको छ । धेरै मानिसहरुको जीवनका महत्त्वपूर्ण कामहरु रोकिएका छन् ।

यसैबीच, चर्चित पोर्न स्टार मिया खलीफा पनि कोरोनाको मारमा परेकी छन् ।

उनको विवाह पछाडि सरेको छ ।

रिपार्टका अनुसार पूर्व पोर्न स्टारको विवाहको मिति पनि पछाडि सरेको छ ।

मिया खलीफाको विवाह जुन १० हुने भएको थियो तर कोरोना भाइरसका कारण मियाले मिति सार्नुपरेको हो ।

उनले आफ्नो विवाह सरेको जानकारी सामाजिक सञ्जालमा दिएकी हुन् ।

उनले आफ्ना प्रशंसकलाई लेखेकी छिन्, ‘रोबर्टसँग विवाह गर्नुअघि नै यो दुनियाँ सकियो भने मेरो अन्तिम यात्रामा यी १२ वटा कपडामध्ये एउटा लगाइदिनु ।’

उनले प्रेमी रोबर्टसँग इन्गेजमेन्ट गरेकी थिइन् । यो उनको दोस्रो विवाह हो । उनले सन् २०११ मा आफ्नो हाईस्कुलको प्रेमीसँग विवाह गरेकी थिइन् । उनले २०१६ मा सम्बन्धविच्छेद गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्