ला लिगामा आज चार खेल



काठमाडौं:स्पेनिस ला लिगा फुटबलमा शिर्षस्थानको होडमा रहेको एथ्लेटिको मड्रिड आजराती रियल बेटिसविरुद्ध मैदान उत्रिँदैछ । शिर्ष स्थानको बार्सिलोनाभन्दा ६ अंकले पछि रहेको एथ्लेटिको मड्रिड बेटिसविरुद्ध खेल्न लागेको हो । खेल नेपाली समयअनुसार बेलुका ९ बजे बेटिसको मैदानमा सुरु हुनेछ । २१ खेलबाट १२ मा जित ८ मा बराबरी र १ मा हारसहित ४४ अंक जोडेको एथ्लेटिको दोस्रो स्थानमा छ । ८ खेलमा जित ५ मा बराबरी र ८ खेलमा हारको नतिजासहित बेटिस ९ औं स्थानमा छ । 

बेलुका ४ः४५ बजे भिल्लारियल र स्पानियोलबिच प्रतिस्पर्धा हुँदा बेलुका ११:१५ बजे इबर गिरोनाबिरुद्ध र अर्को खेलमा  रियल मड्रिड र अल्भेस आमनेसामने हुनेछन् । रियलको घरेलु मैदान सान्टीयागो बर्नाबेउमा खेल राती साढे १ बजे सुरु हुनेछ । शिर्ष स्थानका लागि सङ्घर्षरत रियल मड्रिड २१ खेलबाट ३९ अंकसहित तेस्रो स्थानमा छ । 

३२ अंक बटुलेको अल्भेस ६ औं स्थानमा छ । लिग अन्तर्गत शनिबार राती भएका खेलमा रियल सोसिडाडले एथ्लेटिको बिल्वाओलाई २–१ पराजित गर्दा हुयस्काले भल्लाडोलिडविरुद्ध ४–० को सहज जित निकालेको छ । सेल्टाभिगोले सेभिल्लालाई १–० ले हराउँदा लेभान्ते र गेटाफेले गोलरहित बराबरी खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्