न्युजिल्यान्डलाई भारतको २५३ रनको लक्ष्य



एजेन्सी : न्युजिल्यान्डविरुद्धको अन्तिम एकदिवसीय क्रिकेटमा भारतले २ सय ५३ रनको लक्ष्य दिएको छ । आइतबार जारी खेलामा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा एक बल बाँकी छँदै सबै विकेट गुमाएर २५२ रन बनाएको हो ।

 

खराब सुरुआत गरेको भारतले ४८ रन बनाउँदा ४ विकेट गुमाइसकेको थियो । त्यसपछि अम्वाती रायडु र विजय शंकरले ९८ रनको साझेदारी गरेपछि भारतको स्थिति केही सुधारिएको थियो । पाँचौ विकेटका रुपमा विजय शंकर ४५ रन बनाएर रन आउट भएका थिए ।

 

त्यसपछि रायडु र केदार जादबले ७४ रनको साझेदारी गरे । रायडु ९० रन बनाएर आउट भए । जादबले ३४ रन बनाए । यो खेलमा  नियमित कप्तान विराट कोहलीलाई विश्राम दिइएको छ । उनको ठाउँमा रोहित शर्माले कप्तानी गरेका छन् ।

 

भारतीय खेलाडीमध्ये ओपनर ब्याट्सम्यान शिखर धवनले ६, रोहित शर्माले २, शुभमन गिलले ७ रनमात्र जोड्न सके भने धोनी १ रनमै बोल्ड भएका थिए । अन्तिममा हार्दिक पाण्ड्या र भुवनेश्वर कुमारले आक्रामक पारि खेले । पाण्ड्याले २२ बल खेल्दै ४५ रन बनाए ।

 

न्युजिल्यान्डका म्याट हेनरीले ४ तथा ट्रेन्ट बोल्टले ३ विकेट लिए । पाँच एक दिवसीय सिरिज भारतले ३–१ ले आफ्नो पक्षमा पारिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्