बागमती प्रदेशको राजधानी हेटौँडामा छैन ‘लकडाउन’ ! यस्तो देखियो दृश्य



काठमाडौं : कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको आज (आइतबार) २० औं दिन हो । देशभर आज पनि अत्यावश्यक सेवा र अनुमति लिएका सवारी साधनहरू मात्र चलिरहेका छन् । लकडाउनको २० औँ दिन आज पनि अत्यावश्यक काम बाहेक सर्वसाधारणलाई घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ ।

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित एक्सन रूमबाट सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग ४ घण्टा लामो कुराकानी गरेर लकडाउन छिट्टै अन्त्य नहुने, सीमामा अझ कडाइ हुने र भावुक कुरा गरेर लापरबाही स्वीकार्य नहुने बताएका थिए । प्रधानमन्त्री ओलीले लकडाउनमा नरम बनेर लापरबाही नगर्न पनि सबैलाई सचेत गराएको भोलिपल्ट बागमति प्रदेशको राजधानी हेटौंडामा सावारी साधान र सर्वसाधरणको भिड देखियो ।

लकडाउनमा प्रशासनिक लापरबाही नर्गन दिइएको निर्देशनको हेटौंडा बजारमा उल्लघंन गरिएको छ । ‘लकडाउन’ भनेको एक यस्तो आपत्कालीन व्यवस्था हो जसअन्तर्गत निजी प्रतिष्ठान, निजी कार्यालय एवं सार्वजनिक यातायात पूर्णरूपले बन्द रहन्छन् अर्थात कुनै विशेष कारणविना मानिस घरबाहिर निस्किन र हिँडडुल गर्न पाउँदैनन् । तर, आज बिहानैबाट हेटौँडा बजारमा चहलपहल भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रहरीहरू तैनाथ रहेपनि खासै चासो नदिएको यो दृश्य देखिएको छ ।

कोरोनाको नियन्त्रण तथा रोकथामका लागि सामाजिक दुरीकायम गर्नका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पटक–पटक आग्रह गरेको छ । तर, हेटौँडामा देखिएको मानिसहरू भिडले संक्रमण छिट्टै र सजिलै फैलिने सक्ने आशंका व्यक्त गरिएको छ ।

खाद्यान्न खरिदमा पनि दुर कायम गर्न भनिएको छ । ३ फिटको दुरीकायम गर्नपर्नेमा कुनै पनि सावधानी अपनाइएको छैन । त्यस्तै लकडाउनको बेलामा हिरालालको कस्मेटिक पसल पनि आधा सटर खुल्ला गरेर सञ्चालन भइरहेको छ ।

यता जिल्ला प्रशासन कार्यलयका प्रवक्ता देब चन्द्र गर्तौलाले भने लकडाउन प्रभावकारी भएको दाबी गरे ।

द नेपालटपसँग कुरा गर्दे उनले बजार १० बजेदेखि ३ बजेसम्म खोल्ने भनेर गरिएको यसअधिको निर्णय आजबाट परिवर्तन भएको बताए । उनले भने-‘३ बजेसम्मको लागि बजार खोल्ने भनिएको थियो आजबाट हामीले २ घण्टा कम पनि गरेका छौं ।’

लकडाउनको शुरुवात देखिनै अतिआवश्यक र अनुमति प्राप्त सवारीबाहेक सबै नीजि सवारीहरूमा रोक लगायएको उनले जानकारी दिए । प्रहरी २४ घण्टा नैं तैनाथ रहेको उनको भनाई छ । लकडाउन उल्लंघन गर्ने सवारी र सर्वसाधारणलाई नियन्त्रण लिइएको पनि उनले बताए । तर, जिल्ला प्रशासन कार्यालयले गरेको दाबी र हेटौँडा बजारको दृश्यमा आकाश जमिनको अन्तर छ ।

जिल्ला प्रशासन कार्यलयको अनुगमनमाबीच यस्तो छ हेटौँडा बजारः

प्रतिक्रिया दिनुहोस्