फेरि चीनमा एक हप्तामा सबैभन्दा बढी नयाँ संक्रमित भेटिए



जेन्सी : चीनमा नयाँ कोरोना संक्रमित भेटिएका छन् । हालै एक साताभित्र सबैभन्दा धेरै नयाँ संक्रमित भेटिएका हुन् ।

बीबीसीका अनुसार पछिल्लो एक सातामा ९९ जनामा कोरोना संक्रमण भेटिएको छ ।

स्वास्थ्य अधिकारीका अनुसार यसको साथै चीनमा संक्रमितको संख्या ८२,०५२ जना पुगेको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार शनिबारसम्म कुल १२८० कोरोना संक्रमितहरु देशभन्दा बाहिरबाट आएका थिए । यसमध्ये ४८१ जना निको भइसकेका छन् भने ७९९ जनाको उपचार भइरहेको र ३६ को अवस्था निकै गम्भीर रहेको छ ।

यसैगरी, शनिबारसम्म भेटिएका ९९ नयाँ संक्रमितमध्ये ९७ जना देशबाहिरबाट आएका थिए ।
कोरोना संक्रमितको संख्यामा कमी आएपछि चीनमा लकडाउन खोलिएको थियो । तर फेरि नयाँ संक्रमित भेटिन थालेपछि राष्ट्रिय स्वास्थ्य विभागका प्रवक्ता मी फेन्गले भेला नगर्न र आफ्नो बचाउका उपायहरु अपनाउन आगह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्