भोलि बिहान राष्ट्रिय गान गाउन प्रधानमन्त्रीको अनुरोध



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बिहान राष्ट्रिय गान गाउन सबैलाई अनुरोध गरेका छन् । प्रधानमन्त्री ओलीले नयाँ वर्ष २०७७ को दिन बिहान आठ बजे राष्ट्रिय गान गाउन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले आइतबार ट्विट गर्दै ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध मनपरेको भन्दै सबैलाई आ–आफ्नो घरको झ्याल ढोका वा कौसीबाट सोमबार राष्ट्रिय गान गाउन आग्रह गरेका हुन् ।

सबैलाई यस कार्यक्रममा सामेल हुन आग्रह गर्दै प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।’

उनले राष्ट्रिय गान सकिएपछि सबैले करताल ध्वनीले ऐक्यबद्धता स्वरूप ताली बजाएर सम्मान गर्न समेत आग्रह गरेका छन्।

ग्लोबल कम्प्याक्टले अग्रपंक्तिमा रहेका चिकित्सक, नर्स, अतिआवश्यक प्रदायकका कर्मचारी, लगायतको सम्मानमा राष्ट्रिय गान गाउन र गुन्जाउन अनुरोध गरेको हो।

प्रतिक्रिया दिनुहोस्