हँसिया प्रहार गरी छोराले गरे बुबाको हत्या



कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आज छोराले बुबाको हत्या गरेका छन् ।

कृष्णपुर नगरपालिका–४ लालीगुराँस ५५ वर्षीय तौला रानालाई २४ वर्षीया छोरा सिमन भनिने टङ्गी रानाले हँसिया प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक धर्मेन्द्र रावलका अनुसार घरायसी विवादमा छोराले बुबाको हत्या गरेको प्रारम्भिक जानकारीमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट पनि घटनाको अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेल घटनास्थलतर्फ जाँदैछन् ।

बुबाको हत्या गर्ने छोरालाई इप्रका झलारीले झलारीले नियन्त्रणमा लिइसकेको छ । –रासस

प्रतिक्रिया दिनुहोस्