डिपिएल तयारी अन्तिम चरणमा



कैलाली: तेस्रो संकरणको धनगढी प्रिमियर लिग (डिपिएल)को तयारी अन्तिम चरणमा पुगेको आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ । माघ २६ देखि फागुन ११ सम्म आयोजना हुने प्रतियोगिताको ९० प्रतिशत काम सकिएको एकेडेमीका अध्यक्ष सुभाष शाहीले बताए ।

मैदानमा ५ वटा पिच बनिसकेको र तयारीका अन्य काम पनि सकिएको अध्यक्ष शाहीले बताए । प्रतियोगिता आयोजना हुने फाप्ला क्रिकेट मैदानमा अहिले व्यवस्थापनको तयारी अन्तिम चरणमा छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी)को मापदण्डअनुसार मैदान निर्माण भइरहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्