नेपालले युएइलाई दियो १०५ रनको लक्ष्य



काठमाडाैं : नेपालले युएईलाई १०५ रनको लक्ष्य दिएको छ । युएई केहीबेरमा जवाफी ब्याटिङ्मा उत्रिँदैछ ।वर्षाका कारण १० ओभरमा झारिएको टी-ट्‍वान्टी शृङ्खला अन्तर्गतको तेस्रो खेलमा कप्तान पारस खड्काले २९ रन बनाए भने सन्दीप जोराले २८ रन बनाए । 

 

पहिलो, दोस्रो र तेस्रो ओभरमा पवन शरार्फ, उपकप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरी आउट भए । ज्ञानेन्द्रले ११ रन बनाए । ऐरी २ रन बनाएर आउट भए भने शरार्फ शून्य रनमै आउट भए । करण केसी १० रन बनाएर आउट भए । बिनोद २१ रन बनाएर आउट भए । सोमपाल कामी शून्य रनमै आउट भए ।

 

नेपालले आठ विकेटको क्षतिमा १०४ रन बनाएको हो । 

प्रतिक्रिया दिनुहोस्