पश्चिम रुकुममा ब्याडमिन्टन, जित्नेलाई ५० हजार



मुसीकोट : पश्चिम रुकुममा पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । जिल्ला ब्याडमिन्टन संघको आयोजनामा प्रतियोगिता आइतबार मुसीकोटमा सुरु भएको हो ।

प्रतियोगिताका विजेताले नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक जिल्ला ब्याडमिन्टन संघले जनाएको छ । त्यस्तै उपविजेताले ३० हजार र सेमिफाइनलमा पुग्ने दुई टिमले १०-१० हजार नगद पुरस्कार प्रदान पाउनेछन् ।

पुरस्कार राशिका हिसाबले यो प्रतियोगिता कर्णाली प्रदेशकै ठूलो रहेको जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष अनिल बुढाले जानकारी दिए । जिल्ला सदरमुकाम मुसीकोट खलंगाको बालमन्दिरमा माघ २६ गतेसम्म चल्ने प्रतियोगितामा ३७ टिमले प्रतिस्पर्धा गर्दैछन् ।

 

प्रतियोगिताका लागि कर्णाली प्रदेश र ५ नम्बर प्रदेशका विभिन्न जिल्लाका खेलाडी पुगेका छन् । प्रतियोगितामा दाङबाट १०, जाजरकोटबाट ३, सुर्खेतबाट २, रुकुम पूर्वबाट २ र रुकुम पश्चिमबाट २० टिम सहभागी रहेको आयोजकले जनाएको छ । नकआउट प्रणालीमा हुने खेलमा सहभागी टिमलाई ४ समूहमा विभाजन गरिएको छ । आआफ्नो समूहमा विजेता हुने टिम सेमिफाइनलमा पुग्नेछन् ।

प्रतिक्रिया दिनुहोस्