काठमाडौंमा एकै परिवारका तीन जनामा कोरोना संक्रमणको आशंका, पाटन अस्पताल भर्ना



काठमाडौं : काठमाडौंमा एकै परिवारका तीन जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको हो ।

उनीहरुमा सोमबार गरिएको र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ भेटिएको प्रहरी उच्च स्रोतले जनाएको छ ।

उनीहरुको पीसीआर गर्नका लागि पठाइएको पाटन अस्पतालस्थित स्रोतले पनि पुष्टि गरेको छ।

स्रोतका अनुसार उक्त परिवार सो चैत ५ गते लण्डनबाट फर्किएको थियो।

प्रतिक्रिया दिनुहोस्