छात्रा भलिबलमा माउण्टको जित



म्याग्दी : म्याग्दीको सदरमुकाम बेनीमा आयोजित बेनी नगरपालिकास्तरिय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको छात्रा भलिबल बेनीको माउण्ट एभरेष्ट आवासिय माविले जितेको छ ।

 

बेनीमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आइतबार सम्पन्न छात्रा भलिबल प्रतियोगितामा माउण्ट एभरेष्टले न्यू वेष्ट प्वाईन्ट आवासिय माविलाई ३-० को सोझो सेटमा पराजित गर्दै जित हात पारेको हो ।

 

छात्र तर्फ माउण्ट र न्यू वेष्ट प्वाईन्टको एक एक सेटमा बराबरी भएको छ । समय अभावका कारण फाइनल खेल भोली बिहान हुने आयोजकले जनाएका छन् । पुरस्कार वितरणसहित प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन भोली सोमबार बिहान हुने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्