एनसेलले ल्यायो ‘गज्जबको डाटा प्याक’, तीन जिबीसम्म अल टाइम



काठमाडौं : एनसेलका ग्राहकहरुले अब सुलभ दरका नयाँ अल टाइम प्याकहरु मार्फत इन्टरनेट सेवाको फाइदा लिन सक्नेछन् ।

 

एनसेल प्राईभेट लिमिटेडले ‘गज्जबको डेटा प्याक’ नामक आकर्षक नयाँ डाटा प्याक ल्याएको छ, जस अन्तर्गत ग्राहकले आफ्नो आवश्यकता अनुसार ७५ एमबी देखि ३ जिबी सम्मको विभिन्न प्याकहरु सुचारु गर्न सक्नेछन् ।

 

गज्जबको डाटा प्याक सोमबार (माघ २१) बाट लागु हुनेछ । यस प्याक अन्तर्गत ग्राहकले एक दिनको समयसिमा रहेको ७५ एमबी डाटा प्याक मात्र १५ (१९.१५ कर सहित) मा सुचारु गर्न सक्नेछन् । तीन दिनको समयसिमा रहेको २ सय एमबी डाटा प्याक ३५ (४४.६९ कर सहित) मा सुचारु गर्न सक्नेछन् ।

 

त्यसैगरी ग्राहकले ५ सय एमबी डाटा प्याक ७५ (९५.७७ कर सहित) मा खरिद गर्न सक्नेछन् । यो प्याकको समयसिमा सात दिनको हुनेछ । धेरै डाटा भोलुम प्रयोग गर्ने ग्राहकले एक महिनाको समयसिमा रहेको तीन जिबी डाटा याक मात्र ३ सय ५५ (४ सय ५३.३०) मा लिन सक्नेछन् ।

 

ग्राहकले एस्ट्रिक्स्१७१२३ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार गज्जबको प्याकहरु सुचारु गर्न सक्नेछन् । त्यसैगरी एनसेल एपबाट पनि यी डाटा प्याकहरु सजिलै खरिद गर्न सकिनेछ् ।

 

गज्जबको डाटा प्याक अन्तर्गत ल्याइएको नयाँ अल टाइम डाटा भोलुमहरुले सुलभ दरमा ग्राहकका लागि  डाटा कनेक्टिभिटी सुनिश्चत गर्ने विश्वास एनसेलले लिएको छ । यो अफर सुचारु भएको दिन देखि ९० दिनका लागि मान्य रहनेछ । 

प्रतिक्रिया दिनुहोस्