रियल मड्रिडले डिर्पोटिभो अलाभेसलाई ३–० ले हरायो



एजेन्सी : ला लिगाअन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले डिर्पोटिभो अलाभेसलाई ३–० ले पराजित गरेको छ । घरेलु मैदान सान्टियागो बर्नबेउमा भएको खेलमा रियललाई जिताउन करिम बेन्जेमा, भिनिसियस जुनियर र मारियानो डियाजले गोल गरे । 

३०औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए । ८०औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियलले २–० ले अघि बढाए । 

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा मारियानो डियाजले अल्भेरोले गोल गर्दै रियललाई ३–० को सहज जित दिलाए । 

जितसँगै रियलले दोस्रो स्थानको एट्लेटिको मड्रिडसँगको अंक दुरी २ मा झारेको छ । रियलको ४२ अंक पुगेको छ । एट्लेटिकोको ४४ अंक रहेको छ । शीर्षस्थानमा रहेको बार्सिलोनाको ५० अंक रहेको छ । डिर्पोटिभो ३२ अंक जोडेर सातौ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्