लकडाउनको प्रभाव : प्रदूषण कम, स्वच्छ बन्दै वातावरण


काठमाडौं : काठमाडौंले नेपालको राजधानीको दर्जा पृथ्वी नारायण शाहले उपत्यका विजय गरेपछि विक्रम संवत् १७६८ मा पाएको थियो । त्यति बेला कृषीजन्य उत्पादन, बसोबास तथा सामाजिक हिसावले उत्तम भएका कारणले गोरखाबाट नेपालको राजधानी काठमाडौं सारिएको भन्ने सुन्न वा पढ्न पाइन्छ ।

पृथ्वी नारायाण शाहले चन्द्रागिरीबाट देखेको सुरम्य, स्वच्छ र हराभरा काठमाडौं वर्तमान अवस्थामा आइपुग्दा पूर्णरुपेण परिर्वतित भइसकेको छ । विगत २ सय ५० वर्षमा काठमाडौंले भौतिक रुपमा अत्याधिक विकास गरेको छ । तर, विकास सँगसँगै प्रदूषणको रुपमा ठूलो मूल्यपनि चुकाएको छ ।

कृषियोग्य जमिन कङ्क्रिटको रुपमा रुपान्तरण हुँदै स्वच्छता विश्वको ७ औँ फोहेर शहरमा तथा उत्तम बसोबास विश्वको १८ औँ प्रदूषित शहरमा परिणत भइसकेको छ । जब शिशिरयाम शुरु हुन्छ तब यहाँको वायुको अवस्था विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा चार गुणाले बढी प्रदूषित हुने गरेको छ ।

यसलाई दुःखद नै मान्नुपर्छ । हाल विश्वमा कोरोनाभाइरस (कोभिड–१९) मानव सभ्यताकै चुनौतिको रुपमा देखापरेको छ । सम्पूर्ण मानविय क्रियाकलाप नै ठप्प छन् । जसबाट प्रकृतिले पुनः श्वास (सास) फेर्ने अवसर पाएको छ ।

हाल नेपाल लकडाउनमा छ । २२ दिनसम्म आइपुग्दा सवारीसाध्नहरू अत्यन्तै न्यून चलेका छन् भने सर्वसाधारणहरू पनि घरमा नै बसिरहेका छन् । त्यती मात्र होइन् कोरोनाको जोखिमलाई मध्यनजर गर्दै कलकारखाना, यातायातहरू पनि पूर्णरुपमा ठप्प छन् । जसको कारण ठूलो मात्रामा वायु प्रदूषणमा गिरावट आएको छ ।

धुँलोले सेतो देखिने पहाडहरू पछिल्लो दिनमा हिरियो देखिन थालेको छ । नयाँ पालुवाहरू पलाउन थालेका छन् । आकाशमा ताराहरु समेत पहिलेभन्दा प्रस्ट देख्न थालेका छन् । आफैँ पनि आभाष गर्नसकिन्छ कि बसन्तको आगमनसँगै चलेको सिरसिरे हावामा पहिलेभन्दा मिठास र ताजकी भरिएको छ । यो पर्यावरणमा भएको सुधारको संकेत हो ।

डिसेम्बर २०१९ को अन्तिममा चिनको वुहान शहरबाट फैलिन शुरुभएको कोरोनाभाइरसले हाल सारा संसारलाई आफ्नो दुस्चक्रमा पारिसकेको छ । यो दुस्चक्रबाट बच्नका लागि विश्वको तिन चौंथाइ मानिसहरू घरभित्र सिमित भएका छन् । वातावरण प्रदूषणको प्रमुख स्रोतको रुपमा रहेको जिवास्म इन्धनको खपतमा करिब ८० प्रतिशतले कमि आएको छ ।

त्यस्तै कलकारखानाहरु समेत सोहि अनुपातमा बन्द रहेका छन् । हाल वायुमण्डलमा नाइट्रोजन अक्साइड, सल्फरअक्साइड, क्लोरोफ्लोरो कार्वन जस्ता विषाक्त ग्यासहरुको उत्सर्जनमा तथा पिएम २.५ जस्ता धुलोका कणहरूमा कमि आएको छ । जसबाट वातावरणमा सुधारको महसुस गर्न सकिन्छ ।

पर्यावरणको लागि काम गर्ने अन्तर्राष्ट्रिय संस्था ग्रीन पिसका अनुसार बेजिङ्ग तथा दिल्लीमा मार्च २०२० मा गत वर्षको तुलनामा पियम २.५ को मात्रामा ४० प्रतिशतभन्दा धेरैले कमी आएको छ । सोहि अनुपातमा काठमाडौंमा कमि आएको अनुमान लगाउन सकिने जानकारहरू बताउछन् ।
काठमाडौंै हाल लकडाउनको समयमा रहेकाले मानविय क्रियाकलापबाट हुने प्रदूषणमा गिरावट आएको वातावरणविद् भूषण तुलाधर बताउछन् ।

उनी भन्छन्–‘पेट्रोलियम पदार्थको खपतमा उच्च गिरावट आएको छ, ठूलो परिमाणमा मानिसहरुले काठमाडौं उपत्यका छाडेका छन् । उद्योग तथा ठूला होटलहरु बन्द रहेको कारण उपत्यकाको प्रदूषणमा कमि भएको हो ।’

प्राकृतिक रुपमा नै प्रदूषण बढी हुनेबेला रहको भन्दै उनले सुक्खा मौसम, वन डडेलो, हावाहुरीको कारण वातावरणमा धुलोका कण बढ्ने लगायतका प्राकृतिक कारणले केहि मात्रामा तुवाँलो तथा प्रदूषण बढ्ने गरेको बताए । तर, गत वर्षको तुलनामा यसवर्ष भने प्रदूषणको मात्रामा निकै कमि आएको उनको भनाइ छ ।

के छ नेपालको प्रदूषणको अवस्था ?
विश्व स्वास्थ्य संगठनले तोकेको वायु गुणस्तर मापदण्ड पीएम २.५ देखि पीएम १० हो । वातावरण विभागले विश्व स्वास्थ्य संगठनले तोकेको वायु गुणस्तर मापदण्ड पीएम २.५ देखि पीएम १० हो । हावामा धुलोको कण र सिसा कति छ भनेर यसरी मेसिनबाट नाप लिइन्छ । जति मसिना कण हावामा हुन्छ त्यति मानव स्वास्थ्यलाई हानी गर्ने वातावरणविद्हरू बताउँदै आएका छन् ।

पछिल्लो समय हावाको गुणस्तर एयर कवालिटी इन्डेक्समा सिमराको ४८ मिलिग्राम प्रतिघनमिटर, शखांपार्कको ४५ मिलिग्राम प्रतिघनमिटर, भैसिपाटीको २६ मिलिग्राम प्रतिघनमिटर, धनकुटाको १५३ मिलिग्राम प्रतिघनमिटर, धुलिखेलको ३७ मिलिग्राम प्रतिघनमिटर, रत्नपार्कको २७ मिलिग्राम प्रतिघनमिटर , पियू पोखराको १९ मिलिग्राम प्रतिघनमिटर, सोराहको २० मिलिग्राम प्रतिघनमिटर, दमकको ११३ मिलिग्राम प्रतिघनमिटर, लुम्बिनीको २८ मिलिग्राम प्रतिघनमिटर, डिएचएम पोखराको १८ मिलिग्राम प्रतिघनमिटर, दाङको ५७ मिलिग्राम प्रतिघनमिटर र नेपालगञ्जको २२ मिलिग्राम प्रतिघनमिटर रहेको छ ।

नेपालको वायु प्रदूषण मापन उपकरणहरूले पीएम १० को मात्रा शंखपार्कको २०.५ मिलिग्राम प्रतिघनमिटर, रत्नपार्कको १२.६ मिलिग्राम प्रतिघनमिटर, भैसिपाटीको १६.२ मिलिग्राम प्रतिघनमिटर, धुलिखेलको १५.५ मिलिग्राम प्रतिघनमिटर, धनकुटाको ७२.८ मिलिग्राम प्रतिघनमिटर, दमकको ५६.६ मिलिग्राम प्रतिघनमिटर, सौरहाको ८.५ मिलिग्राम प्रतिघनमिटर, पियू पोखराको ११.४ मिलिग्राम प्रतिघनमिटर, डिएचएम पोखराको १०.५ मिलिग्राम प्रतिघनमिटर, लुम्बिनीको १७.९ मिलिग्राम प्रतिघनमिटर, दाङको ५२.४ मिलिग्राम प्रतिघनमिटर, नेपालगञ्जको १०.८ मिलिग्राम प्रतिघनमिटर रहेको छ ।

त्यसैगरी पीएम २.५ शंखपार्कको १७.८ मिलिग्राम प्रतिघनमिटर, रत्नपार्कको १०.७ मिलिग्राम प्रतिघनमिटर, भैसिपाटीको १३.४ मिलिग्राम प्रतिघनमिटर धुलिखेलको १५.५ मिलिग्राम प्रतिघनमिटर, धनकुटाको ६५.८ मिलिग्राम प्रतिघनमिटर, दमकको ४२.२ मिलिग्राम प्रतिघनमिटर, सौरहाको ७.९ मिलिग्राम प्रतिघनमिटर, पियू पोखराको ७.६ मिलिग्राम प्रतिघनमिटर, डिएचएम पोखराको ७.२ मिलिग्राम प्रतिघनमिटर, लुम्बिनीको १७.९ मिलिग्राम प्रतिघनमिटर, दाङको २२.७ मिलिग्राम प्रतिघनमिटर, नेपालगञ्जको ८.८ मिलिग्राम प्रतिघनमिटर रहेको छ ।

अमेरिकी दूतावास, काठमाडौंको फोहोरा दरवार, पुलचोक, भक्तपुर, जुम्का, जिविएस पोखरा र सुरखेतको उपकरणहरूले भने प्रदुषण मापन गरिरहेकका छैनन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार वायु प्रदूषणले विश्वभर वर्षेनी करिब ४.६ मिलियन मानिसहरूको मृत्यु हुने गरेको छ ।

वायुप्रदूषण खराब विन्दुमा पुग्नुमा काठमाडौंमा सवारी साधनको चाप बढ्नु, सडक निर्माणको क्रममा निस्कने धुलोका साथै जाडोयाममा नै काठमाडौं उपत्यकामा इट्टाभट्टा सञ्चालन गरिनु हो । त्यस्तै नदीमा ठोस फोहोर, रसायन, ढल मिसाउनु र ठोस फोहोर जलाउनुले पनि प्रदूषणलाई खतराको स्तरमा लैजान भूमिका खेलेका छन् ।

धुवाँको मुस्लो फ्याँक्ने उद्योग तथा करोडौं किलोलिटर जिवास्म इन्धन खपत गर्ने सवारीसाधनलाई विश्वले नै अर्थतन्त्र, समृद्धी तथा आधुनिकताको त्रिशंगम मान्ने गरेका छन् । जसबाट पर्यावरण तथा प्रकृतिको तीव्र विनास भइरहेको छ । कोरोना कहर तथा त्यसबाट मानवका लागि सिर्जित समस्याले प्रकृतिलाई भने सकारात्मक प्रभाव पारेको देख्न सकिन्छ ।

प्रकृतिलाई आफ्नो घाउमा मलम लगाउने अवसर समेत मिलेको छ । जब कोरोनाको सन्त्रास कम हुन्छ मानिस पुनः आफ्नो पुरानै स्वभाममा फकिर्नेछन् । कोरोनाको वर्तमान अध्यायबाट यो कुरा पुष्टि भएको छ कि प्रकृतिले आफ्नो सन्तुलन कायम गर्न जानेको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– लकडाउनको मौका छोपी रातको समयमा बिगत केही समय देखी काठमाडौं उपत्यकाभित्र रहेका बिभिन्न स्थानमा

काठमाडौं : लोक सेवा आयोगले राजपत्रांकित प्रथम श्रेणीका विज्ञापनको अन्तर्वार्ताको सूचना सार्वजनिक गरेको छ। आयोगको

काठमाडौं : नेपालका ८२ जनामा डेंगुको संक्रमण भएको छ। पुस महीनायता ८२ जनामा डेंगु संक्रमण

जनकपुरधाम– प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा ८२ जना व्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ८५ हजार ६ सय ६० जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : नेपालमा अहिलेसम्म २ सय २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्।

वीरगन्ज– भारतले आफनै देशको नागरिकलाई प्रवेशमा कडाई गरेपछि वीरगन्जको अलौंस्थित एकिकृत चेकजाँच चौकी (आईसीपि) मा

जनकपुरधाम– जनकपुरबाट हातहतियार सहित एक युवक पक्राउ परेको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१७ स्थित रामलोचन

जनकपुरधामः समग्र विश्व अहिले कोरोना भाईरस महामारीको चपेटामा परेको छ । समाचार तयार पार्दासम्म विश्वका

काठमाडौं : कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले कृषि सामग्रीको ढुवानी र बिक्रीवितरण नरोक्न आग्रह गरेको

काठमाडौंः गृह मन्त्रालयले ४४ जना सहसचिव तथा उपसचिवको सरुवा र पदस्थापन गरेको छ । गृह

काठमाडौंः धावनमार्ग निर्माणको काम सम्पन्न भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी तीव्र पारिएको छ ।