अाज दसैंकाे तेस्राे दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरी मनाइँदै



 काठमाडौं : आज नवरात्रको तेस्रो दिन । घर– घरमा चन्द्रघण्टा देवीको पूजा गरिन्छ । माता दुर्गाको तेस्रो शक्तिको नाम हो चन्द्रघण्टा ।

 

चन्द्रघण्टाको शीरमा घण्टा आकारको अर्धचन्द्र हुन्छ । यसै कारण दूर्गामाताको नाम चन्द्रघण्टा रहन गएको हो । चन्द्रघण्टा देवीको वाहन सिंह मानिन्छ । चन्द्रघण्टा देवीलाई शान्ति र शक्तिको स्वरुपका रुपमा पूजा गरिन्छ ।

 

उनी क्रोध तथा हिंसाजस्ता अमानवीय तथा आसुरी वृति नास गर्न र सज्जनको रक्षा गर्न यस लोकमा अवतरण गरेको श्रीमददेवीभागवतलगायत ग्रन्थमा उल्लेख गरिएको छ ।

 

माता चन्द्रघण्टा भवानीको पूजा आराधनाका लागि आज देवीमन्दिर चण्डीथान देउराली तथा घरघरमा देवीकोे आराधना गरी भक्तहरुले पूजन गर्छन् ।

 

गाउँघर तथा बस्तीमा देवीको योगदान तथा शक्तिबारे  विभिन्न ग्रन्थ तथा स्तोत्र वाचन गरी देवी महिमाको गुणगान, कथावाचन तथा श्रवण गरिन्छ ।

 

हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुप छन् । जसलाई नवरात्रभर हरेक दिन फरक–फरक स्वरुपमा पूजा आराधना गरिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्