कोरोना संक्रमित ६५ वर्षीया महिलाको तेस्रो स्वाब परीक्षण नेगेटिभ



बागलुङ : कोरोना संक्रमित ६५ वर्षीया महिलाको तेस्रो स्वाब परीक्षण नेगेटिभ आएको छ ।

बागलुङ जिल्लाको दोस्रो तथा नेपालको छैटौ कोरोना संक्रमित ६५ वर्षीया महिलाको तेस्रो स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।

धौलागिरी अञ्चल अस्पताल बागलुङका प्रमुख डा.शैलेन्दै बि पोखरेलका अनुसार तेस्रो पटक पोखरामा गरिएको परीक्षणमा उक्त महिलामा कोरोना संक्रमण नभएको नेगेटिभ रिपोर्ट आएको हो ।

यसअघि उक्त महिलाको दोस्रो स्वाब परीक्षण रिपोर्ट पोजिटिभ आएको थियो। अब पुनः शुक्रबार महिलाको स्वाब परीक्षणका लागि पोखरा पठाइनेछ। चौथो पटक पनि कोरोना निको भएको नेगेटिभ रिपोर्ट आएमा ती महिलालाई डिस्चार्ज गरिने डा.पोखरेलले जानकारी दिए।

नेपालको पाँचौ संक्रमित तथा बागलुङकी पहिलो संक्रमित १९ वर्षीया युवतीको भने चौथो रिपोर्ट पनि पोजिटिभ आएको छ। उनको पनि पुनः स्वाब परीक्षणका लागि पठाइने डा.पोखरेलले बताए।

प्रतिक्रिया दिनुहोस्