कोरोना संक्रमणको जटिल अवस्थामा सरकारको गम्भीर लापरवाही



वीरगन्ज : कोरोना संक्रमणको महामारी फैलने क्रम नेपालमा पनि बढ्दो अवस्थामा छ ।

सरकारले यसको रोकथाम तथा नियन्त्रण गर्नमा गम्भीर भएर लाग्नुपर्नेमा उल्टै लापरवाही गर्दै आएको छ ।

सरकारले कोरोना भाइरसको संक्रमण परिक्षण गर्ने पिसीआर (पोलीमरेसा चैन रिएक्सन) मेशिन मात्र वीरगन्जमा पठाएको छ । तर यसका लागि चाहिने उपकरणहरु नपठाएर गम्भीर लापरवाही गरेको छ ।

तीन जनामा कोरोना संक्रमित पुष्टि भएपछि पर्सा जिल्ला अत्यन्तै जोखिममा अवस्थामा रहेको छ । वीरगन्जकै भरमा छिमेकी जिल्ला बारा र रौतहट पनि छ ।

वीरगन्जमै कोरोना विशेष अस्पताल संचालन गर्न माग उठेपछि सरकारले नै तत्काल नारायणी अस्पताललाई कोरोना विशेष अस्पतालको घोषणा पनि गरेको थियो ।

भाइरसको संक्रमण परिक्षण ढिलो हुन नदिनको लागि पिसीआर (पोलीमरेसा चैन रिएक्सन) मेसिन वीरगन्जमा पठाएको छ । तर यसमा चाहिने अन्य यन्त्र उपकरण पठाईएको छैन । अन्य उपकरण नपठाउँन प्रयोगशाला संचालनमा ल्याउँन कम्तीमा एकहप्ता समय लाग्ने नारायणी स्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा। मदन कुमार उपाध्यायले बताए ।

ल्याब सञ्चालनमा ल्याउन बायोसेफ्टी क्याबिनेट, लेमिनर एयर फ्लो, डिफ्रिज, पीसीआर हुड, कोल्ड सेन्टिफ्रिजलगायत औजार उपकरण आवश्यक पर्ने छ । तर यसमा सरकार गम्भिर भएन जसले गर्दा वीरगन्ज अस्पतालले थप समय लगाएर उपकरण जुटाउँनमा लागेको छ ।

मेशिन त आयो तर त्यसमा चाहिने अन्य समानहरु सामाग्री जुटाउँन पहल भइरहेको मेडिकल सुपरिटेन्डेन्ट डा। उपाध्यायले भने, ‘ हामी संग जनशक्ति पनि छ, मलेकुलर ल्याब अति संवेदनशील ल्याब हो, सञ्चालनमा ल्याउन चाहिने अन्य औजार उपकरणको व्यवस्थापन भएको छैन यसको तयारीमा हामी जुछेका छौं ।’

प्रयोगशालाको स्थापना पछि पिसीआर टेष्ट संख्या निकै बढ्छ । २ घण्टामा २० जनाको थ्रोट स्वाब परिक्षण हुन सक्ने उनले बताए । वीरगन्जमा कोरोना भाइरसको परिक्षणको लागि प्रदेश सकारले मंत्रीपरिषद बाट निर्णय गरेर नारायणी अस्पतालमा पसीआर मेशीन जडान गर्ने निर्णय गरेको थियो । प्रदेश सरकारको पहलमा संघीय सरकारले मेशिन उपलब्ध गराएको हो ।

वीरगन्जमा ल्याइएको मेशिन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले पठाएको हो । यस अघि त्रिभूवन बिश्वबिद्यालयको प्रयोगशालामा रहेको मेशिन वीरगन्जलाई उपलब्ध गराउँने तयारी थियो । त्रिभुवन विश्वविद्यालयले उपलब्ध गराउँन असर्मथता जनाएको हुनाले वीरगन्जमा मेसिन आउँन ढिलो भएको अस्तपतालका एक कर्मचारीले नाम नबताउने सर्तमा बताए ।

प्रतिक्रिया दिनुहोस्