खै ! मेरो साथी प्रहरी



म सानो छदा जब म दुखदिन र रुन थाल्थे मलाई बुवाले नरोऊ अहिले पुलिस आउँछ र लैजान्छ भनेर सम्झाउनुहुन्थ्यो अनिचुपहुन्थे । मलाई लाग्छ त्यो बेलासम्म मैले पुलिसलाई देखेकै थिएन होला, तर पनि म किन पुलिस सँग डराएहोला खै ! फेरी अर्को घटना सम्झन्छु जनयुद्धको समय थियो तत्कालीन माओवादी लडाकुहरू गाउँगाउँमा लुकेर बसेका थिए । फेरी बुवाले सम्झाउनुहुन्थ्यो कसैले तिमीहरूको घरमा पाहुना आएको छ भनेर सोधे भने छैन भन्नु है । अनि उहाँले प्रहरी र सेनाको पोसाक यस्तो हुन्छ उनीहरूले केही सोधे धने नबोल्नु भनेर सम्झाउनुहुन्थ्यो ।

उनी फेरी मलाई प्रहरी कस्ता होलान् के उनिहरु पनि हामी जस्तै होलान् भन्ने उत्सुकता आउँथ्यो । जब १९ दिने जनआन्दोलन सडकमा थियो त्यो बेलाहो मैले पहिलो पटक प्रहरी देखेको । भाइ र मलाई तत्कालीन राजा ज्ञानेन्द्रको पुत्ला बोकाएर सबैभन्दा अगाडी उभ्याइएको थियो । सबैभन्दा अगाडी दुई भाइनारा लगाउँदै थियौँ हाम्रै अगाडी प्रहरीले सुरक्षा दिएको थियो । मैले पुलिसलाई देखे तर उसले मलाई केही गरेन । मलाई लाग्यो प्रहरीले त केहीन गर्ने रहेछ बुबाले मलाई त्यसै डराउन दिनुभएको रहेछ । कक्षा ६ मा पढ्दा होला गाउँमा केही घटना घट्यो मलाइ त्यति याद आएन तर त्यसमा मेरो भानिज दाइ पर्ने एक जनाले कुटाइ खाएका थिए । त्यो बेला गाउँका सबै जसो कावा सोती थाना पुगेका थिए । म पनि बुबासँगै थानाभित्र छिरे अलिअलि मनमा डर त थियो तर बुबासँगै भएकाले त्यति डराइन पनि ।

सबै जना अघिल्लो दिनको विवाद समाधान र दोषी करार गर्नका लागी आआफ्नो धारण राखिरहेका थिए । सानै भएपनि म पनि बोलीहाले मेरो दाइलाई कुट्नेलाई थुनिदिनु पुलिस अङ्कल । त्यति धेरै याद आएनत्यो घटनामा अरू के भयो थाहा छैन तर त्यस बेला एक जना उमेश भन्ने इन्स्पेक्टर थिए । उनले मलाई तिमी नेता बन्छौँ भनेर हौसाएका थिए । मैले त्यो बेला केही पनि बोलिन । त्यसपछि प्रहरीसँगको भय म बाट बिस्तारै हट्दै थियो । उमेरसँगै बिस्तारै म पनि परी पक्क र बुझ्ने हुँदै गए । जब रेडियोमा काम गर्न सुरु गरे त्यसपछि त प्रहरीसँग धेरै नजिकिए ।

मैले लागूपदार्थ विरुद्धको अभियान सञ्चालन गर्दा प्रहरीले निकै साथ दिएको थियो । इलाका प्रहरी कार्यालय नवलपुरका तत्कालीन प्रमुखहरू परशुराम तिवारी, राजेश थापा उहाँहरूले निकै साथ दिनुभयो । इन्स्पेक्टर कृष्ण सापकोटा र हरिबहादुर विसीको धेरै सहयोग थियो । मेरो अभियानमा उहाँहरू खटिनुभयो थियो । उहाँहरूको सहयोग, काम गर्ने तरिका र प्रहरी सङ्गठनलाई नजिकबाट बुझ्ने अवसर पाए । अनिबसौँ देखी मेरो मनमा रहेको प्रहरी प्रतिको नकारात्मक सोच उहाँहरूको कार्यशैली देखेपछि शून्यमा झ-यो । त्यसपछि प्रहरीको बाध्यता के हो । काम कसरी गर्छन् भन्ने थाह पाएपछि त्यसयता प्रहरीको गुणगान मैले जति कसले गायो होला र अहिले विश्वभर कोरोनाभाइरसको कहर छ । सबैतिर त्रास छ घरबाट बाहिर निस्कन डराइरहेका बेला प्रहरी भने सामान्य अवस्थामा जस्तै सक्रिय छन् । सबै जना डिउटीमै व्यस्त छन् ।

सर्वसाधरणको सहजताका लागि उनीहरूको बहादुरी प्रति कसरी सम्मान गरौँ थाह छैन । अझ पछिल्लो समय नागरिक सँग नजिक हुनका लागी ल्याएको प्रहरी मेरो साथी अभियान र मुस्कान सहितको प्रहरी अभियानले त मेरो मन निकै जितेको छ । यस्ता अभियानले प्रहरी भनेपछि थरथर काम्ने नागरिकले आफ्ना पिडा सहजै राख्न सक्ने भएहोलान् भन्ने अपेक्षा गरिरहँदा प्रहरीबाटै दुर्व्यवहार भन्ने समाचारहरूले साथी प्रतिको आत्मीयता माथि नै प्रश्न र शङ्का उब्जिएको छ ।

कोरोनाको चौतर्फी त्रासमा पनि सर्वसाधारणको जीवन रक्षाका लागि तैना थचिकित्सकहरू नै असुरक्षित भएको खबरले मन नै अमिलो भएको छ । जीवनको भिक्षा माग्दै अस्पतालको शय्यामा छटपटाएका नागरिकको उपचार गरेर फर्केका चिकित्सक कुटिइए त्यो पनि हाम्रै सुरक्षाका लागि खटिइएका प्रहरीहरू बाटैभन्दा फेरी पनि मेरो मनमा म सानै छदा बुबाले देखाउनुभयो प्रहरीसँगको डर पैदा भएको छ । दुःखको समयमा आफ्नै साथीसँग डराउनु परेको छ । आफ्नै साथी कुट्ने कस्तो साथी ? के मसँग सहकार्य गरेकाती हरिबहादुर बिसी, राजेश थापा, कृष्ण सापकोटा लगायतकाप्रहरी पनि यस्तै निर्दयी छन् होला र ? के मेरो बुवाले भन्नुभएको कुरा साँचो हो ?

डिउटी सकेर घर फर्कनै क्रममा चिकित्सकहरू माथि कसको रिस पोखे । कि लक डाउनको समयमा हिँड्न नदिने भन्ने आदेशको पालना गरे तर कस्ता व्यक्ति हिँडेका छन् भनेर बुझेनन् । कि परिचयपत्र पढ्न नजानेर भुलभयो यो त अनुसन्धान पछि खुल्ला नै । यो घटनाले प्रहरी प्रतिको मेरो बुझाई फेरी एक पटक बाल्यकालमै फर्किएको छ । चिकित्सक कुटेको घटना सेलाउन नपाउँदै फेरी साथी जगन्नाथ ढकालले कैद गरेको भिडियो म कहाँ आयो । चैत्र ४ गते बुधवार साँझको घटना रहेछ कलङ्की मन्दिर नजिकै ३ जना सर्वसाधारणलाई प्रहरीले नियन्त्रणमा लिएको दृश्यमा देखिन्छ । नियन्त्रणमा रहेकाहरूले भनिरहनुभएको थियो हामी औषधि किन्न आएका हौँ, हामी बिल देखाउँछौ तर प्रहरीले कुरै नसुनी एका एक लाठी प्रहार गर्यो । उनीहरू मेडिकल पसलबाट निस्किएको देख्दादेख्दै सडकमा पाइला राख्न नपाउँदै कुटिइए ।

तिमीहरू कस्तो साथी मेरो अरू साथीहरू भने मेरा लागि मर्न पनि तयार हुन्छन् । तर तिमीहरूको शैलीले त डर र त्रास लेनै मरिन्छ जस्तो लाग्न थालेको छ । यसरी पिट्ने बेलामा तिम्रो ओठमा मुस्कान थियो त साथी रु फेरी तमिले पत्रकार जगन्नाथलाई पनि थर्काएर बर्दीको रवैया देखाएछौँ । सामाजिक सञ्जालमा मेरो साथीहरू विरुद्धका विचारहरू आउँदा मन मानिरहेको छैन फेरी तिम्रा हर्कतहरु सम्झँदा तिमी माफी योग्य पनि छैनौ भन्ने लाग्छ । हो हामीलाई थाह छ २४ घण्टे जागिरले तनावमा छौँ तर यसको समाधानमा लाग्ने कि आफ्नै साथी कुट्ने र बहादुरी देखाउने ? साथीहामी सञ्चारकर्मी , स्वाथ्यकर्मीहरू पनि तपाईंहरू जस्तै घर परिवार नभनी समाजका लागि खटिरहेका छौँ । म अहिले मेरो बुवावाले देखाउनुभएको जस्तो डरलाग्दो प्रहरी होइन् मैले मेरो कार्य क्षेत्रमा भेटिएजस्ता प्रहरी खोजि रहेको छु । अनि अर्को कुरा मेरो बुबाले लड्ने, झगडा गर्ने, अरूलाई हेप्नेहरूको सङ्गत नगर्नु भन्नुहुन्छ । तिमीहरू सधैँ यस्तै रह्यौ भने म तिमीहरूको साथी कहिल्यै बन्न पाउँदिन । मलाई त प्रहरी मेरो साथी भनेर गर्व गर्ने मन छ । म त्यो हराएको मेरो साथी प्रहरी खोजी रहने छु ।

लेखक : प्रकाश बस्याल, सञ्चारकर्मी हुन् ।

प्रतिक्रिया दिनुहोस्