नुबिया फोनले ल्यायो ‘दसैं दक्षिणा’ अफर, हरेक खरिदमा क्यास ब्याक



काठमाडौं : दशैँ र तिहारको अवसर पारेर ‘नुबिया स्मार्ट फोन’ले ग्राहकका लागि ‘दशैं दक्षिणा’ नामक विशेष अफर ल्याएको छ ।

 

नेपालका लागि नुबिया स्मार्ट फोनको आधिकारिक बिक्रेता आईटीपी नेपाल प्रालिले २४ असोजदेखि कार्तिक ३० सम्म लागु हुनेगरी दशैं दक्षिणा अफर ल्याएको हो । यस अफरअन्तर्गत नुबियाका प्रत्येक फोनको खरिदमा क्यासब्याक पाइनुका साथै एउटा हेडफोन पाइने छ ।   

 

अफरअन्तर्गत ४ जीबी र्याम, ३२ जीबी रोम, १३ मेगा पिक्सेल रियर र १६ मेगा पिक्सेल सेल्फी क्यामेरा भएको एम २ लाइट फोनको मूल्य १८,७९५ रुपैयाँ कायम गरिएको छ । यसअघि यो फोन १९,९९९ रुपैयाँमा बिक्री हुँदै आएको थियो ।

 

यसैगरी ४ जीबी र्याम, ६४ जीबी रोम, १३ मेगा पिक्सेल रियर र १६ मेगा पिसक्सेल सेल्फी क्यामरा जडित एन २ फोन १,७०४ रुपैयाँ क्यासब्याक दिएर २३,१९५ रुपैयाँमा उपलब्ध गराइएको छ । यसअघि यो फोनको मूल्य २४,८९९ रुपैयाँ कायम थियो ।

 

त्यस्तै ४ जीबी र्याम, ६४ जीबी रोम, १३ मेगा पिक्सेल ड्युल रियर र १६ मेगा पिक्सेलको सेल्फी क्यामरा भएको जेड १७ मिनी मोडलको स्मार्ट फोन खरिदमा ग्राहकलाई १,००४ रुपैयाँ क्यासब्याक दिइएको छ । यसको हालको मूल्य २८,९९५ रुपैयाँ कायम गरिएको छ भने यसअघि २९,९९९ रुपैयाँमा बिक्री हुँदै आएको थियो । 

६ जीबी र्याम, ६४ जीबी रोम, १३ मेगा पिक्सेल ड्युल रियर र १६ र ५ मेगा पिक्सेल क्यामरा भएको जेड १७ मिनी स्मार्ट फोनको मूल्य ३२,९९५ रुपैयाँ कायम गरिएको छ ।

 

जबकि यो फोन ३७,४९९ रुपैयाँमा बिक्री हुँदै आएको थियो । यसमा ग्राहकलाई ४,५०४ रुपैयाँ क्यासब्याक दिइएको छ । यसैगरी दशैंको अवसर पारेर हालै मात्र नेपाली बजारमा ल्याइएको ६ जीबी र्याम, ६४ जीबी रोम, १३ एमपी र २ एमपी ड्युल क्यामरा एवं १६ मेगा पिक्सेलको सेल्फी क्यामराजडित जेड १७ लाइट फोन ३१,९९५ रुपैयाँमा उपलब्ध गराइएको आईटीपी नेपालले जनाएको छ ।

 

केही दिनभित्रै नुबियाको भी १८ मोडल पनि नेपाली बजारमा सार्वजनिक गरिने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्