रुकुमकोटमा अझै कर्फ्यू जारी



दाङ: रुकुम पूर्वस्थीत रुकुमकोटमा ३ दिनदेखि कर्फ्यु जारी छ । रुकुम पूर्वको सदरमुकाम विवादले चर्को रुप लिँदै गएपछि रुकुमकोटमा लगाइको कर्फ्यू आज पनि जारी राखिएको हो । दुई पक्षका विचमा लगातार तीन दिन भएको छलफल बिनानिष्कर्ष टुंगिएपछि घटनाक्रम थप बढ्न नदिन र शान्ति सुरक्षा कामय गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ९६ को उपदफा ९३ अनुसार आइतबार साँझ ७ बजेदेखि लागू हुनेगरी अर्को आदेश नभएसम्मका लागि चार किल्ला तोकेर निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला प्रशासनले पूर्वमा सिस्ने गाउँपालिका ५ धौलापहिरा, पश्चिममा सिस्ने गाउँपालिका ५ रानीकोट, उत्तरमा सिस्ने गाउँपालिका ६ रुकुमगाड हुँदै धाउनेको पानीघट्टसम्म र दक्षिणमा सिस्ने ५ रुमालबारा हुँदै सहिदपार्कसम्म कर्फ्यू आदेश जारी गरेको हो । चार किल्लामा कुनै किसिमको विरोध प्रदर्शन, सभा जुलुस र भेला गर्न गराउन निषेध गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले वताए ।

प्रतिक्रिया दिनुहोस्