प्रदेश प्रमुख कायस्थद्धारा विधेयक प्रमाणीकरण



जनकपुरधाम : प्रदेश नं. २ मा शुक्रबार एउटा विधेयक प्रमाणीकरण गरिएको छ । प्रदेश नं. २ को विपद व्यवस्थापन विधेयक, २०७५ लाई प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले शुक्रबार प्रमाणीकरण गरेका छन् ।

 

प्रमुख कायस्थले यस अघि असोज २४ गते आकस्मिक कोष विधेयक २०७५, असोज २५ गते मुख्य न्यायाधीवक्ताको काम, कतर्व्य र अधिकार तथा सेवाका अन्य शर्त सम्बन्धी विधेयक, २०७५ प्रमाणिकरण गरेका हुन् ।

 

अहिलेसम्म प्रदेश नं. २ मा कुल १३ वटा विधेयकहरु प्रमाणीकरण भईसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्