अवैध रुपमा नेपाल ल्याउँदै गरेका सामान बरामद



धनगढी : सशस्त्र प्रहरी नेपाल गुल्म त्रिनगर कैलालीले अवैध रुपमा भन्सार छली अवैध रुपमा नेपाल ल्याउँदै गरेका सामान बरामद गरेको छ ।

 

असोज २४ गते बेलुका ४ बजेको समयमा गुल्मबाट सशस्त्रका सई भरतबहादुर विष्टको कमाण्डमा खटिएको टोलीले ठूलो परिमाणमा अवैध सामान बरामद गरेको हो ।

त्यस्तै असोज २५ गते पनि गुल्मका सशस्त्र सई जयबहादुर महराको टोलीले धनगढी उपमहानगरपालिका ९ बंग्राकटानबाट भन्सार छली अवैध रुपमा नेपालतर्फ ल्याइँदै गरेका ठूलो परिमाणका सामान बरामद गरेको थियो ।

 

बरामद गरिएका दुवै दिनका सामानमा खाद्यान्न, लत्ताकपडा, चिनीलगायत छन् । जसको मूल्य करिब ५४ हजार ६ सय रहेको सई चन्दले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्