त्रिभुवन विमानस्थल सुधारका लागि साढे ७ करोड



काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधारका लागि ७ करोड ५० करोड रुपैयाँ खर्च गरिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलको सुधार तथा मर्मत र विस्तारको काम गर्न लागिएको छ ।

 

टर्मिनल भवनबाहिर इँटाको पर्खालमा सोलिङ प्लास्टर र रङरोगनका लागि १ करोड ८० लाख, विमानस्थलको खाली क्षेत्रमा बगैंचा बनाउन ७५ लाख, विशेष सेवाका लागि परामर्श खर्च १० लाख, सुरक्षा उपकरणको तार व्यवस्थापनका लागि ३० लाख, कलात्मक काष्ठकला तथा धातुका मुर्तिका लागि ३ करोड रुपैयाँ खर्च गरिने प्राधिकरणले जनाएको छ ।

 

यस्तै भुइँतलामा सटर हटाएर अर्को राख्न ४० लाख, टर्मिनल भवनको ओरिजिन डिजाइनका लागि १ करोड, विभिन्न समयमा निर्माण भएका तर काम नलाग्ने संरचना हटाउन १५ लाख रुपैयाँ खर्च गरिनेछ । प्रतिनिधिसभाको विकास समितिले विमानस्थल सुधारका लागि आवश्यक पहल गर्न आग्रह गरेको थियो । समितिले स्थलगत निरीक्षणपछि प्रतिवेदन तयार पारी यसअघि नै बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्