यूएनडीपीको गाडी दुर्घटनामा पर्‍यो, चालकको मृत्य



नुवाकोट : नुवाकोटको पूर्वी भेगमा रहेको थप्रेकमा मंगलबार बेलुकी राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) का कर्मचारी चढेको गाडी दुर्घटना भएको छ । चालकको घटनास्थलमै ज्यान गएको छ भने पाँचजना घाइते भएका छन् । 

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । सदरमुकाम विदुरदेखि ३५ किलोमिटर पूर्वमा रहेको पञ्चकन्या गाउँपालिका–४ थप्रेकस्थित आरुखर्क सनलघारीमा यूनडीपीका कर्मचारी सवार बा ३ च ५७११ नम्बरको टाटा सुमो गाडी दुर्घटना भएकाे हाे । गाडी कच्ची सडकबाट एक सय ५० मिटर तल खसेको छ ।

दुर्घटनामा चालक सर्लाहीका २४ वर्षीय सुमन बुढाथोकीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्