सहिद स्मारक ए डिभिजन : हिमालयन शेर्पा र एपीएफबीच बराबरी



काठमाडौं– सहिद स्मारक 'ए' डिभिजन लिगमा हिमालयन शेर्पा क्लब र नेपाल एपिएफ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्। 

 

शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेल गोलरहित बराबरीमका सकिएको हो। हिमालयन शेर्पाबाट कर्ण लिम्बु मैदान उत्रिएका थिए। राष्ट्रिय लिग झापाबाट खेलेका कर्ण अन्तिम समयमा हिमालयन शेर्पमा आवद्ध भएका थिए। 

 

यता राष्ट्रिय टिमका मिडफिल्डर लामो समयपछि मैदान फर्किएका छन्। उनी एपिएफको पहिलो रोजाइमा खेल्दै लिगमार्फत खेलमा फर्किएका हुन्। 

 

लिगअन्तर्गत आज दिउँसो मनाङ मर्स्याङ्दी क्लब र बिग्रेड व्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ। खेलपछि लिग तिहारपछि सम्मका लागि स्थगित हुनेछ।

प्रतिक्रिया दिनुहोस्