गहिरो पीडा व्यक्त गर्ने केहि शब्द छैन, छाती पत्थर झैं जब्बर भएको छ…



जनकपुरधाम– कोरोनाको त्रासका कारण अहिले विश्वभर लकडाउन छ । नेपालपनि पुर्णरुपले लकडाउनमा छ । सबैलाई एकातर्फ कोरोनाको डर छ भने अर्कोतर्फ लकडाउनका कारण दिनहुँ ज्याला मजदुरी गरेर खाने ब्यक्तिहरु भने खान नपाएर पीडामा छन् ।

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२४ बसहियामा केहि व्यक्तिहरू भोकमरीको समस्याले जुधिरहेका छन् ।

आफ्नो परिवारको लागि आशाको किरण जागे झैं सञ्चारकमीलाई हेर्ने्वित्तिकै फुसको छानो हेराउँदै नैन कुमारी राउतले गहभरी आँसु झार्दै भनिन्–‘घर त टुटल है,बड्ड मुस्किलसँ रहैछियै सर हमसभ,यी कोन बन्दी भगेल है जे धियापुताके खाहुलागि नै पुगै है । दु गो धियापुता है,अपने है आ हम छियै । चाइर आदमीके परिवार बड्ड दिक्कतसँ चैलरहल है सर कि सुनाउ । वार्ड अध्यक्ष त भोट लेलाके बाद तहियासँ घुइरोक नै अलै । आहाँसभ कोनो जोगाड लगबादिय हमरासभसन लोकके लेल ।’

उनीभन्दा पनि बढी पीडा ३५ बर्षिया रिना देवीको छ । घरमा ५ छोरी र उनी आफै मात्र छिन् । त्यसमा पनि दुई छोरी बोल्नै नसक्ने । उनको श्रीमान् विश्वनाथ दास कामको शिलशिलामा २०७२ सालमा आफ्ना गाउँकै साथीहरुसँग काठमाडौँ गएका थिए । तर अहिलेसम्म उनको अत्तोपत्तो छैन् । श्रीमान्को २०७२ सालको भूकम्पमा परेर ज्यान गएको हुनसक्ने रिनाको आशंका छ । अहिले ५ छोरीको पालन पोषण गर्ने जिम्मा पनि उनकै काँधमा छ । दुई छोरी बोल्नै नसक्ने भएपछि उनीहरुको बिबाहको चिन्ताले पनि उनलाई दिनरात सताईरहेको हुन्छ ।

रिना भन्छिन्– ‘दिन खाए राती के खाने चिन्ता त छँदैथियो त्यसमाथि अहिले लकडाउन भएपछि झनै समस्या थपिएको छ ।’

‘घर पनि ऐलानी जग्गामा छ । वैदेशिक रोजगारीमा रहेका केहि सहयोगी मनहरुले सामाजिक सञ्जालमा मेरो पीडा देखेपछि ८३ हजार रुपैयाँ घर बनाउनका लागि सहयोग गरेका थिए,अनि मात्रै घर बनाउन पाएँ,‘उनले भनिन् ।’

अनिता देवी ५० वसन्त पार गरिसकेकी छिन् । यद्यपि काममा अझै फूर्तिला छिन् । तर नेपाल नै लकडाउन भएपछि उनी पनि कामविहिन बनेकी छन् । काम नपाएपछि पुरै परिवारको जिविका चलाउन एकदमै गाह्रो भएको छ । घरमा श्रीमान् सहित ५ जनाको परिवार छ । श्रीमान् र छोरा दुबै विरामी छन् । तर लकडाउनका कारण उपचारको कुरा त परै जाओस उनको परिवारको दुई छाक खाना पनि भगवान भरोसे छ ।

उनले भनिन्– ‘हम सभ उपरेबलाके भरोसे बाँचल छी, सभसँ माँगि चाँगि कऽ खाइत छी ।’ अर्थात हामी भगवानकै भरोसामा बाँचेका छौं,गाउँकै अन्य व्यक्तिहरुसँग माँगेर खान्छौं । लकडाउनमा सरकारले उनीहरुलाई राहत उपलब्ध नगराएपछि भोक भोकै दिन कटाउनुपर्ने बाध्यता रहेको छ ।

बसहियामा नैन कुमारी,रिना र अनिता जस्तै अन्य कयौं परिवार छन् जसको घरमा लकडाउनको २८ औं दिनसम्म पनि सरकारी राहत पुगेको छैन् ।

भोला कर्ण जिल्ला प्रशासन कार्यालय धनुषामा लेखापढीको काम गर्दै आईरहेका थिए । परिवारको आवश्यक्ता राम्ररी नै पुर्ती गरिरहेका थिए । तर त्यहाँ बाहिर बस्ने लेखापढी गर्नेहरुलाई सरकारले नै हटाइदिएपछि उनी एकाएक बेरोजगार भए । जसोतसो दुःख गरेर कमाएको घरमा राखेको १ लाख रुपैयाँ र रोेयल्स बैंकबाट ऋण लिएर उनले ई–रिक्सा किने । तर अचानक कोरोना भाइरसको संक्रमणको त्रासका बिच भएको लकडाउनका कारण अब त्यो रिक्सा पनि बन्छ छ । काम पनि छुट्यो,रिक्सा पनि बन्द र माथिबाट बैंकको ऋण तिर्ने बोझ । घरमा खाने चामल पनि नभएको सुनाउँदै उनले भने– ‘दाल र तरकारी झन कहाँबाट आउँछ।’

छोराको शरिरमा रगतको कमी छ,उसको उपचार पनि अत्यन्त जरुरी छ तर जहाँ भोक मेटाउने उपाय छैन् त्यहाँ रोग भगाउने उपाय मैले कसरी लगाउने,गहभरी आँसु झार्दै भोलाले आफ्नो पीडा सुनाए ।
यी गहिरो पीडा व्यक्त गर्ने केहि शब्द छैन् उनीसँग छाती पत्थर झैं जब्बर भएको छ ।

लकडाउनको एक महिना बितेपनि प्रदेश सरकार र स्थानीय सरकार अहिलेसम्म लगत संकलनमै व्यस्त देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : चालू आर्थिक वर्षका लागि तोकिएको राजस्व लक्ष्य पुरा हुने गरी काम गर्न सरोकारवाला

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग सभापति शेरबहादुर देउवाको भेटलाई सत्ता

ताप्लेजुङ : प्रधानमन्त्री केपी शर्मा ओली सोमबार ताप्लेजुङको घुन्सा आइपुगेका छन् । घुन्सा फाउण्डेसनले निर्माण

झापा : दमक नगरपालिका–१ का चुडामणि भण्डारीले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

काठमाडौं : कक्षा १२ को परीक्षा दिन लागेका विद्यार्थीहरुलाई ढुक्क भएर परीक्षा दिन शिक्षामन्त्री गिरिराजमणि

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले पहाडी तथा हिमाली क्षेत्रमा सोमबार आंशिकदेखि सामान्य बदली

पर्सा– मुकेश चौरासियाको हत्यामा संलग्न मुख्य आरोपीलाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ ।

काठमाडौं : भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला मंसिर ११ गते नेपाल भ्रमणमा आउन लागेका छन्

एजेन्सी : महात्मा गान्धीले लगाएको घडी १२ हजार पाउण्ड अर्थात झण्डै १८ लाख रुपैयाँमा बिक्री

काठमाडौं : सरकारले बलात्कारका घटनामा मिलापत्र गराउनेहरुलाई फौजदारी अपराधमा कारबाही गर्न आध्यादेश ल्याएको छ ।

काठमाडौं : बालुवाटार जग्गा प्रकरणमा पूर्व-प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध परेको रिटमाथि आज

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशको पहाडी भूभागमा आंशिक