विश्वभर कोरोना भाइरसको संक्रमणबारे पछिल्लो अपडेट्स



जेनेभा : विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर संक्रमित व्यक्तिको संख्या २४ लाख नाघेको छ ।

विश्वभर २४,०९,८२६ जना संक्रमित भएका छन् भने ६,२९,२३५ निको भएका छन् । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १,६५,१०९ पुगेको छ ।

संयुक्तराज्य अमेरिकामा मात्र ७ लाख ६४ हजारभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालय र विश्व स्वास्थ्य संगठनद्वारा सार्वजनिक विवरण अनुसार सोमबार मध्यान्हसम्ममा अमेरिकामा ४० हजार ५६५ जनाको मृत्यु भएको छ ।

एएफपीका अनुसार विगत २४ घण्टामा अमेरिकामा मात्र १ हजार ९९७ जनाको मृत्यु भएको छ । अघिल्लो दिन पनि अमेरिकामा १ हजार ८९१ जनाको ज्यान गएको थियो ।

अमेरिकाका सबैजसो राज्यमा लकडाउन र सामाजिक दूरीका कडा नियमहरु लागू गरिए पनि संक्रमितको संख्या र मृत्यु दर दुबैमा अझै कमी आएको छैन ।

कोरोनाभाइरसका कारण अहिलेसम्म अमेरिकापछि सबैभन्दा धेरै मृत्यु हुनेको संख्या इटली, स्पेन, फ्रान्स, बेलायत जस्ता समृद्ध मुलुकमा केन्द्रित छ ।

नेपाली कामदारको संख्या निकै बढी रहेको कतारमा कोरोनाभाइरसबाट कूल संक्रमित व्यक्तिको संख्या ५ हजार ४४८ पुगेको छ । कतार समाचार एजेन्सी ९क्युएनए० का अनुसार पछिल्लो पटक ४४० जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कतारमा हालसम्म ८ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । कतारमा ६२ हजार ५३८ जनाको कोरोना संक्रमणको परीक्षण गरिएको छ । सरकारले कतारमा जारी लकडाउनलाई सम्मान गर्न आमजनतालाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्