किम जोङ उन साँच्चै गम्भीर बिरामी भएकै हुन् त ?



जेन्सी : दक्षिण कोरियाले जारी गरेको एक रिपोर्टका अनुसार उत्तर कोरियाली शासक किम जोङ उन मुटुको शल्यक्रियापछि उनी गम्भीर बिरामी भएको खबर साचो होइन ।

यस्ता हेडलाइन्स पुष्टि गर्न असम्भव हुने उक्त रिपोर्टमा उल्लेख गरिएको छ । किमको ब्रेड डेड भएको छ र उनी मुटुको शल्यक्रियापछि गम्भीर रुपमा बिरामी भएको समाचार पुष्टि नहुने पनि उक्त रिपोर्टमा उल्लेख गरिएको बीबीसीले जनाएको छ ।

दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले ३६ वर्षीय किमको बारेमा अफवाह फैलाइएको बताएको छ ।

गत अप्रिल १५ मा हजुरबुबाको जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा सहभागी नभएपछि उनीमाथि अनेकन् अडकलबाजी भएको र अन्ततः गम्भीर बिरामी भएको अफवाह फैलिएको बीबीसीले जनाएको छ ।

गत अप्रिल १२ मा लडाकु विमानको निरिक्षण गरिरहेको समयमा मिडियामा देखिएका किम निकै स्वस्थ र तन्दुरुस्त थिए ।

कोरियाको सरकारी मिडिया डिस्प्याचमा उनी केही दिन अगाडि महत्त्वपूर्ण राजनीतिक बैठकको अध्यक्षता गरेका उनी त्यसपछि मिडियामा आएनन् ।

अघिल्लो हप्ता मिसाइल परीक्षण भएको थियो । यस्ता कार्यक्रमहरुमा प्रायः देखिने किम उक्त परीक्षणमा भने सहभागी भएनन् ।

मंगलबार एउटा उत्तर कोरियाबाट भागेका एक व्यक्तिको बेभसाइटमा किम गम्भीर बिरामी भएको दाबी गरिएको थियो । डेली एनकेले एक स्रोतलाई उद्धृत गर्दै अगस्टदेखि नै किम बिरामी भएको खबर छापेपछि यस्तो हल्ला फैलिएको थियो ।

प्रतिक्रिया दिनुहोस्