सन्दीपले बनाए राष्ट्रिय कीर्तिमानी

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछाने नेपालका लागि एकै प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन्।

सन्दीपले मलेसियामा भइरहेको आइसिसी विश्व टी–२० एसिया क्षेत्र छनोट समूह 'बी' प्रतियोगितामा २४ विकेट लिँदै कीर्तिमान बनाएका हुन्। सन्दीपले शुक्रबार सिंगापुरविरुद्ध ४ विकेट लिएर राष्ट्रिय कीर्तिमान बनाउन सफल भएका हुन्। सन्दीप प्रतियोगिताको सुरुवाती पाँच खेलमा २० विकेट लिएर कीर्तिमान नजिक पुगेका थिए। 

यसअघि सिनियर स्तरमा एकै प्रतियोगितामा बढी विकेट लिने कीर्तिमान वसन्त रेग्मी र विनोद दासको संयुक्त नाममा थियो। वसन्तले सन् २०१२ मा भएको आइसिसी डिभिजन–४ क्रिकेट प्रतियोगितामा २१ विकेट लिँदै विनोद दासको नाममा रहेको कीर्तिमान बराबरी गरेका थिए। विनोदले सन् २००५ को एसिसी फास्ट ट्रयाक कन्ट्रिज प्रतियोगितामा नेपालका लागि २१ विकेट लिएका थिए।

सन्दीपको नाममा उमेर समूहका एकै प्रतियोगितामा बढी विकेट लिने कीर्तिमान पनि छ। उनले सन् २०१७ मा सिंगापुरमा भएको आइसिसी यू–१९ विश्वकप छनोट प्रतियोगितामा २४ विकेट लिएका थिए। सन्दीपले ६ खेलमा २०.३ ओभर बलिङ गर्दा ५७ रन मात्र खर्चिए। 

सबै खेलमा नेपालको जितमा महत्वपूर्ण भूमिका निर्वाह गरेका सन्दीप  ५ मध्ये ३ खेलमा म्यान अफ दि म्याच भएका थिए। सन्दीप चीन, म्यानमार र मलेसियाविरुद्धको खेलमा म्यान अफ दि म्याच बनेका हुन्।

सन्दीपले जारी प्रतियोगितामा लिएका विकेट 

सिंगापुरविरुद्ध  ४  

चीनविरुद्ध ३  

भुटानविरूद्ध ३

 थाइल्यान्डविरुद्ध ५ 

मलेसियाविरुद्ध ५  

म्यानमारविरुद्ध  ४

प्रतिक्रिया दिनुहोस्