को हुन् किम जोङ उन ? जान्नुहोस् उनको उमेर, श्रीमती र तानाशाह शासनको राज



एजेन्सी : पछिल्लो समय उत्तर कोरियाली तानाशाह शासक किम जोङ उनको स्वास्थ्यसम्बन्धी समाचारले सनसनी नै फैलायो । उत्तर कोरियाका सर्वेसर्वा किमलाई गम्भीर रोग लागेको र उनको यही महिनामै मुटुको शल्यक्रिया समेत भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

गत अप्रिल १५ मा हजुरबुबाको जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा सहभागी नभएपछि उनीमाथि अनेकन् अडकलबाजी भएको र अन्ततः गम्भीर बिरामी भएको अफवाह फैलिएको बीबीसीले जनाएको छ ।

गत अप्रिल १२ मा लडाकु विमानको निरिक्षण गरिरहेको समयमा मिडियामा देखिएका किम निकै स्वस्थ र तन्दुरुस्त थिए ।

कोरियाको सरकारी मिडिया डिस्प्याचमा उनी केही दिन अगाडि महत्त्वपूर्ण राजनीतिक बैठकको अध्यक्षता गरेका उनी त्यसपछि मिडियामा आएनन् ।

अघिल्लो हप्ता मिसाइल परीक्षण भएको थियो । यस्ता कार्यक्रमहरुमा प्रायः देखिने किम उक्त परीक्षणमा भने सहभागी भएनन् ।

मंगलबार एउटा उत्तर कोरियाबाट भागेका एक व्यक्तिको बेभसाइटमा किम गम्भीर बिरामी भएको दाबी गरिएको थियो । डेली एनकेले एक स्रोतलाई उद्धृत गर्दै अगस्टदेखि नै किम बिरामी भएको खबर छापेपछि यस्तो हल्ला फैलिएको थियो ।

किमको जीवनको राज
किम जोङको जीवनको बारेमा केवल अड्कल मात्र लगाउन सकिन्छ । किनकी उत्तर कोरियामा सञ्चार माध्यमको अवस्था निकै कमजोर छ र किमको व्यक्तिगत जिन्दगीको बारेमा कमैलाई मात्र थाहा छ । उनको उमेर करिब ३७/३८ वर्षको छ । उनी उनका पिताका दोस्रो सन्तान हुन् ।

उनकी एक जना बहिनी पनि छिन्् । उनको जन्म सन् १९८७ मा भएको बताइन्छ । उनी प्रायः किमसँग राजनीतिक कार्यक्रमहरुमा साथै देखिन्छिन् ।

किमको जन्म सन् १९८२ मा भएको हो भन्ने तथ्य पनि बिरोधाभासपूर्ण भएको बताइन्छ । उनले सन् २००९ मा रि सोल उनसँग विवाह गरेका थिए ।

किम जोङ सन् २०११ को डिसेम्बरमा उनका पिताको मृत्युपछि देशको प्रमुख बनेका थिए । उनले प्रमुख हुनेवित्तिकै मिसाइल परीक्षण गरेर दुनियाँलाई चकित बनाए । उनको विश्वकै शक्तिशाली देशका राष्ट्रप्रमुख डोनाल्ड ट्रम्पसँग पनि सामाजिक सञ्जालमा भिडन्त भइसकेको छ ।

परमाणु निरस्त्रीकरणको मुद्दा उठिरहेको र मिसाइल परीक्षण बन्द गर्न विश्वभरी आवाज उठिरहेको भएपनि उनी निरन्तर मिसाइल परीक्षण गरिरहेका भेटिन्छन् ।

प्रतिक्रिया दिनुहोस्