पर्सामा थप ५५ सीमास्तम्भ गायब



वीरगन्ज। नेपाल भारत दुई देशबीचको सीमा छुट्याउनका लागि भारतसँग सीमा जोडिएको पर्साको धोबनीदेखि ठोरी गाउँपालिकासम्म गाडिएका सीमास्तम्भमध्ये थप ५५ वटा सीमास्तम्भ गायब भएका छन्। 

यसअघि गत बैशाखमा वीरगन्जमा नेपाल र भारतका सीमा विज्ञ र सुरक्षा अधिकारीको बसेको बैठकमा पर्सामा रहेका सीमास्तम्भमध्ये एक सय नौ वटा सीमास्तम्भ हराएको जानकारी गराइएको थियो। 

तर, त्यसयता फेरि ५५ वटा थप सीमास्तम्भ हराएका हुन्। भारतसँग सीमा जोडिएको पर्साको धोबिनी, जगरनाथपुर, जीराभवानी, पटेर्वा सुगौली र ठोरी गाउँपालिका क्षेत्रमा मुख्य, सहायक र साना गरी कुल तीन सय ३८ वटा सीमा स्तम्भ छन्। ती मध्ये पछिल्लो समयमा मुख्य चार र सहायक ५१गरी थप ५५ सीमास्तम्भ गायब भएका हुन्।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट (बिओपी) भिखमपुरको कार्य क्षेत्रअन्तर्गत मुख्य आठ, सहायक सात र साना एक सय ४५ गरी कुल एक सय ६० सीमास्तम्भ हुनुपर्नेमा ती मध्ये मुख्य दुई र साना ४१ गरी कुल ४३ वटा सीमास्तम्भ हराएका हुन्। 

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट (बिओपी) भिखमपुरका सशस्त्र प्रहरी निरीक्षक सोम श्रेष्ठका अनुसार  गत भदौंमा गरिएको स्थलगत अनुगमनका क्रममा ४२२ र ४२४ नम्बरको गरी दुईवटा मुख्य सीमा स्तम्भ तथा ४१६ को ६ ,७ , ८ ,९, १० , ११, १६ , १७ , १९ , ४२० को २ , ३ , १४ , १५ , १७ , १९ ,४२१ को ६ ,४२२ को १ , २ , ३ , ४ , ५ , ६ , ७ , ८ , ९ , १० , ११ , १२ , १३ , १४ , ४२३ को ७ , ८ , १३ र ४२४ को १ , २ , ३ , ४ , ५ , १० , ११ र  १२ नम्बरका गरी ४१ वटा साना स्तम्भ हराएको पाइएको हो। 

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट (बिओपी) भिखमपुरको कार्य क्षेत्रअन्तर्गत मुख्य १४ , सहायक ४८ र साना ९६ गरी कुल एक सय ५८ सीमास्तम्भ हुनुपर्नेमा ती मध्ये गत बैशाख यता गरिएको स्थलगत अनुगमनका क्रममा मुख्य दुई र साना १० गरी कुल १२ वटा सीमास्तम्भ गायब छन्। 

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट (बिओपी) सुर्वणपुरका सशस्त्र प्रहरी निरीक्षक सोम श्रेष्ठका अनुसार , गत भदौ महिनामा गरिएको अनुगमनका क्रममा ४२७ र ४३८ नम्बरका गरी दुई मुख्य तथा ४२४ को १४ , १५ , १६ , १७ , १८, २६ , ४२७ को २ , ३ , ४ र ५ नम्बरका गरी १० वटा साना सीमास्तम्भ नभेटिएको हो।  

नेपाल भारत सीमामा रहेका खोलामा आएको बाढीले बगाएर लगेका कारण सीमास्तम्भ हराएको र कतिपय सीमास्तम्भ अन्य कारणले पनि जहाँ हुनुपर्ने हो त्यहाँ नभेटिएको सशस्त्र प्रहरी निरीक्षक कार्कीले बताए।  

प्रतिक्रिया दिनुहोस्