गृहमन्त्रीले फेरि भने: ७० प्रतिशत महिला हिंसा मदिराकै कारण हुन्छ



काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले काठमाडौंको काँठ क्षेत्रमा गाँजा खेती हुने गरेको सुचना आफुले पाएको बताएका छन् ।

 

शुक्रबार उपत्यकामा लागूऔषध र मदिरा नियन्त्रणका लागि गृह–मन्त्रालयले आयोजा गरेको कार्यक्रमा बोल्दै मन्त्री थापाले भने, ‘उपत्यकाकै पहाडी क्षेत्रमा गाँजाखेती भइरहेको छ, त्यहाँ जनप्रतिनिधी र प्रहरी पनि छन् राजधानीमै गाँजाखेती गर्ने छुट कसले दियो ?’

 

लागूऔषध तस्करहरुको मूल सुकाउनुपर्ने उल्लेख गर्दै मन्त्री थापाले भने– ‘तस्करी समाप्त गर्नुपर्छ, त्यसपछि न रह्यो बाँस न बज्यो बाँसुरी, हाम्रो अभियान सफल हुन्छ ।’  

 

लागूऔषध पूर्णरुपमा निषेध र निर्मुल पार्नुपर्ने तर्क गर्दै मन्त्री थापाले नेपालमा हुने ७० प्रतिशत महिला हिंसा मदिराको कारण हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्