लकडाउनमा मनको स्याहारसुसार कसरी गर्ने ?


गोपाल ढकाल
कोरोनाको संक्रमण नफैलियोस भनेर नेपालमा पनि लकडाउन अर्थात बन्दाबन्दी गरिएको छ। रोगको महामारी हुँदा शारिरिक स्वास्थ्यमा असर पर्ने त हुने नै भयो। साथै मानसिक स्वास्थ्य समस्याको जोखिम पनि बढेर जान्छ।

शरीर र मन एक अर्काका परिपुरक हुन् । शरिरमा समस्या आउँदा मनमा पनि असर पर्छ। साथै मनमा समस्या आउँदा शरिरिक लक्षणहरू पनि देखिन सक्छन्। लकडाउनको समयमा सेल्फ क्वारेन्टाइन वा सेल्फ आईसोलेसनमा बस्दा आफ्नो मानसिक स्वास्थ्यमा पनि विशेष ध्यान पुर्याउनुपर्छ । अन्यथा आफ्नो मनको स्याहार सुसारमा ख्याल नपुर्याउदा मनोसामाजिक समस्या वा मनोरोगको जोखिम बढछ ।

प्राकृतिक विपत्ति वा प्रकोपहरु पर्दा ,कोरोना भाईरसले रोग व्याधि फैलिदा वा मानव सूर्जित ठुला ठुला घटनाहरुले स्वभावैले मनोबैज्ञानिक वा मानसिक रोग समेत स्वभावैले बढेर जान्छ ।

कोनोनाको प्रकोप जस्ता घटनाहरुले स्वभावैले मानिसको मनमा चोट र्पुयाउछ। मनमा असरहरु देखिन थाल्छन। यसलाई असहज अवस्थामा देखिने स्वभाविक प्रतिक्रियाको रुपमा लिईन्छ । धेरैको लागि यस्ता असरहरु अस्थाई हुन्छ । समय बित्दै गएपछि ढिलो चाडो प्राय धेरै जसो मानसिहरु आफै पुर्ब अवस्थामा फर्कन सक्छन् । केहिलाइ भने पुर्ब अवस्थामा फर्कन गार्हो पनि पर्न सक्छ । विज्ञको सहयोग पनि चाहिन सक्छ ।

कोरोनाको असरले ल्याउन सक्ने मानसिक स्वास्थ्य समस्याः
१. एन्जाईटी – विभिन्न किसिमका डर – चिन्ता जन्य समस्याहरु ।
२. डिप्रेसन – दिक्दारिपन तथा आत्महत्याको सोचाई वा प्रयास ।
३. मानसिक आघात –पिडादायिक घटना पछि उत्पन्न हुने एक किसिमको मानसिक रोग ।
४. प्यानिक अट्याक –एक्कासि बिना कारण उत्पन्न हुने अत्याधिक त्रास ।
५. समायोजनको समस्या –परिस्थितिसँग जुझ्न नसकिरहेको अबस्था ।
६. अब्सेसिभ कम्पल्सिभ डिसअडर्स –एउटै सोच वा बिचार आईरहने तथा एउटै कार्य लगातार धेरै पटक दोर्होयाई रहने मानसिक रोग ।
७. जाँड रक्सि , लागू प्रदार्थको लत ।
८. कन्भर्सन डिसअडर्स – डर, त्रास , तनाबको कारणले देखिने मनोबैज्ञानिक समस्या ।
९. एक्युट स्टेस डिसअडर्स – तत्कालै देखा पर्ने अन्य तनाबजन्य समस्या ।

संकटको बेला मनमा पर्ने असर भने ब्यक्ति पिच्छे फरक फरक हुनसक्छ। कसलाई कति असर पर्छ भन्ने कुरा व्यक्तिको उमेर, लिङ, स्वंय ब्यक्तिको शारीरिक, मानसिक अबस्था, व्यक्तित्व, परिस्थितिसँग जुझ्ने ज्ञान , सीप, मानसिक क्षमता, अनुभव, तनाब ब्यबस्थापनको तौरतरिका, दैनिक जीवन शैली, ब्यक्तिले प्राप्त गरेको सहयोग जस्ता कुरामा भरपर्छ ।
विपत्तिको बेला कतिपय मानिसले संयमिता गुमाउन पनि सक्छन। उनिहरुले समस्यासँग जुझ्न गलत उपाय वा तरिका अपनाइ रहेका हुन पनि सक्छन् । नचाहदा नचाहदै नकारात्मक क्रियाकलाप गरिरहेका हुनसक्छन् ।

विपत्तिमा सबैले आफुलाई समाल्न सक्छन् भन्ने पनि हुँदैन। उनिहरुलाई सहयोगको जरुरत पर्दछ ।
प्रकोपको मानसिक असर लामो समय सम्म नरहोस तथा मनोसामाजिक समस्या वा मानसिक रोगको जोखिम नबढोस भन्नका लागि भावनात्मक सहयोगको जरुरत पर्दछ ।

विपत्तिको बेला व्यक्तिको मनमा देखा पर्ने त्रास, भय, छटपटि, मानसिक अशान्ति , नैरस्यता र यसको कारण आउन सक्ने व्यवहारजन्य गडबडीलाई ब्यबस्थापन गर्ने दिईने सबै प्रकारका ब्यबहारिक र भावनात्मक सहयोग नै प्राथमिक मनोवैज्ञानिक सहयोग हो । प्राथमिक मनोवैज्ञानिक सहयोग पाउँदा व्यक्तिको मनमा शान्ति , स्थिरता आउँछ । तनाव व्यवस्थापन गर्न सहयोग मिल्छ । दैनिक जीवनमा पर्किन सजिलो हुन्छ ।

कोरोनाको संक्रमण बढेको बेला स्वंय व्यक्तिले आफ्नो शारीरिक स्बास्थ्यको ख्याल गर्नुका साथै मनको स्याहारसुसारमा पनि विशेष ध्यान दिनु जरुरी हुन्छ । जसलाई स्व हेरचाह भनिन्छ ।

आफ्नो मनको स्याहारसुसार कसरी गर्ने ?
१. करोनाको संक्रमणबाट जोगिन लकडाउनको पुर्ण पालना गर्नुपर्छ। सरसफाइमा ध्यान दिनु पर्छ । सेल्फ क्वारेन्टाइनमा बस्दा र सुरक्षाका उपायहरु अपनाउदा मन ढुक्क हुन्छ । यसले डर , त्रास, भय, चिन्ता धेरै कम भएर जान्छ । आफू स्वास्थ छु भन्ने आत्मबल बढछ।

२. फुर्सदको बेला मानसिक तनाब नहोस भनेर समय ब्यबस्थापन गर्नु जरुरी हुन्छ । दैनिक कार्य तालिका बनाएर आफ्नो दिन चर्यालाई संतुलित बनाउन सकिन्छ। आफूलाई व्यस्त तथा सक्रिय राख्न सकिन्छ। यसो गर्नाले मनमा कोरोना सम्बन्धि कुरा खेल्न पाउदैन । नत्र जति बेला पनि कोरोनातिर ध्यान गई त्रास बढन सक्छ ।

३. कोरोनाको जोखिमबाट जोखिन सत्य तथ्य जानकारी त लिने तर अति सतर्क हुने , चाहिने भन्दा बढि जानकारी लिन खोज्ने , समचार पटक पटक हेरि रहने जस्ता व्यवहार गर्नु हुँदैन् ।

४. सामाजिक सञ्जाल , इन्टरनेट चलाएर बस्ने भन्दा आफ्नो रुचिको काम गरेर समय बिताउ सकिन्छ । परिवारसँग कुराकानी गर्ने , खेल खेल्न ,किताब पढ्ने, लेख्ने,मनोरञ्जन गर्ने, रमाईला र ज्ञान बर्द्धक फिल्म हेर्ने गर्न सकिन्छ । घरयासी काममा समय दिन सकिन्छ ।

५. तनाब कम गर्न शारीरिक ब्यायम , योग , मेडिटेसन , श्वास प्रस्वासको ब्यायम , ध्यान केन्द्रीत गर्ने अभ्यास तथा अन्य आरमदायी अभ्यासले ठूलो मदत र्पुयाउछ । तनाबको बेला पर्याप्त निदाउनु पनि जरुरी हुन्छ ।

६. तनाबको बेला सजिलैसँग पच्ने तथा पोषण युक्त आहार खानुपर्छ । जाँडरक्सी तथा लागुपदार्थको सेवनले त झनै समस्या तथा तनाब बढाउछ।

( लेखक मनोविद हुन्। मार्क नेपाल मनोसेवा केन्द्रमा कार्यरत छन् ।)

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौँ : राष्ट्रिय योजना आयोगको सदस्य सुशील भट्टलाई सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा

विराटनगरः बिराटनगरमा अप्पन ब्राह्मण समाजको प्रथम साधारण सभा सकिएको छ । शनिबार सगरमाथा पार्टी प्यालेस

काठमाडौ‌‌ : आज (सोमबार) थप ४ सय १८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ

काठमाडौंः ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले बेरुजु फस्र्यौटमा उल्लेख्य सुधार गरेको छ । आर्थिक वर्ष

काठमाडौँ : संघीय संसद सचिवालयले राष्ट्रियसभाका संसदीय समितिहरूको सभापति चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको

काठमाडौं : ‘एसिड आक्रमणबाट म रतिभर पनि डराएकी छैन, आक्रमणकारीले मेरो अनुहार जलाए तर मेरो

वीरगञ्ज : सेना, प्रहरी र पत्रकारसहित पर्सामा थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको

सिन्धुपाल्चोक : मेलम्ची नगरपालिका–११ मा पहिरोले पुरिएर वेपत्ता भएका ८ जनामध्ये ६ जनाको शव भेटिएको

सिन्धुपाल्चोक : लगातारको वर्षापछि सिन्धुपाल्चोकको मेलम्ची–११मा आइतबार राति पहिरो जाँदा ८ जना वेपत्ता भएका छन्

काठमाडौं : सरकारले ज्येष्ठ नागरिक तथा बालबालिकाहरुलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । स्वास्थ्य

काठमाडौं : आर्थिक वर्ष २०७६/०७७ मा देशभर ५ सय ५५ जनाको हत्या भएको छ भने

काठमाडौं : काठमाडौं उपत्यकामा आइतबार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य