कोरोनाः विश्वव्यापी रोजगार कटौती र नेपाली



सुनिता बराल
यतिबेला दुनियाँ कोरोनाले त्रस्त छ। कोराना भाइरसले हामी कोही संक्रमित छैनौं होला तर कोरोनाको भय,अनिश्चय र भ्रमले थलिएका छौं। कोरानो भाइरसभन्दा डरलाग्दो भाइरस यतिबेला हामीले समाजमा जबर्जस्ती फैलाएको भय र भ्रम हो।

मानिसको दैनिक जीवन नै कोरानाले कुँजिएको छ। सामाजिक सम्बन्धहरू खल्बलिएको अवस्था छ। विश्व अर्थतन्त्रमा कसैले नसोचेको गिरावट आएको छ। सेयरबजारदेखि रियल स्टेटसम्मका लगानीका क्षेत्र सुनसान छन्। होटेल, पर्यटन, मनोरञ्जनजस्ता चलायमान उद्यमहरू अस्तव्यस्त छन्। अनिश्चय मा परेकाअ छन । स्कुल तथा कलेजसमेत बन्द छन्। लकडाउन लंबिदै जाँदा औसत मानिसको गुजारा नै संकटमा पर्ने खतरा देखिएको छ।

आम मानिसलाई मात्र होइन, निकै सम्पन्न देशका शक्तिशाली व्यक्तित्वहरूलाईपनि कोरोनाले छाडेको छैन। सर्वसाधारण जनतादेखि मन्त्री तथा प्रधानमन्त्रीसम्म पनि कोरोनाका कारण क्वारेन्टाइनमा परेका छन्। अस्पताल भर्ना भएका छन् ।

मृत्यु र बिरामीको अंकगणित आफ्नो ठाउँमा छ तर यसले आम मानिस र समाजमा सृजना गरेको त्रास र संकट निकै कहालीलाग्दो छ। कोरोनाबाट मर्नेहरूको संख्या भन्दा धेरै गुना बढी संख्यामा मानिस अरू सामान्य रोग र दुर्घटनाबाट दैनिक मरिरहेका थिए र छन्। मृत्युको अंकभन्दा खतरनाक पक्ष के हो भने कोरोनाले सारा दुनियाँमा कोलाहल मच्चाएको छ। प्राय सबै देशले भिसा स्थगन गरेका छन् र यात्रामा रोक लगाएका छन्। घरघरमा मानिसहरूमा बसेका छन् ।

सुरुमा विस्तारै फैलिएकोकोरोना संक्रमण पछिल्ला दिनहरुमा निकै तीव्र गतिमा फैलिएको देखिन्छ। २५ लाख ५० हजार मध्ये ११ लाख मानिसहरुमा पछिल्लो ११ दिनमा संक्रमण देखिएको हो। १० लाख मानिसमा संक्रमण फैलिन ९३ दिन लागेकोमा बाँकी मानिसमा यति छोटो अवधिमा संक्रमण देखिएको हो। मुख्यतस् युरोप र अमेरिकामा संक्रमण फैलिएपछि यो संख्या ह्वात्तै बढेको हो।

जोन होप्किन्स विश्वैविद्यालल कोरोना रिसोर्स सेन्टरको तथ्याकअनुसार कोरोना संक्रमितको कूल संख्याको ७८ प्रतिशत र यसबाट मृत्यु हुनेमध्ये ८६ प्रतिशत मानिस युरोप र अमेरिकाका छन्। हाल अमेरिका सबभन्दा धेरै संक्रमित भएको र तीव्र गतिमा संक्रमण फैलिइरहेको देश बनेको छ।

यसले के दर्शाउछ भने विकशित देश हुनु नै सबै कुरा रोकिने वा छेकिने होईन ।

सचेतना र सरकार को सल्लाह मान्दा संक्रमण फैलिनबाट रोकिन सक्दोरैछ ।
यसले साराविश्व नै अस्तब्यस्त बनाएको छ ।

औद्योगिक देशको उत्पादना र निर्यात तथा गरीब र निम्नआय भएका देशको आयात र सेवा उद्योगको “शिफ्ट“ बदलिदैछ ।

अन्तर्राष्ट्रिय श्रम संगठनले “दोश्रो विश्व यूद्धपछी तिब्र बेरोजगारी बढेको समय“ भनेको छ । सो संगठनको गत ७ अप्रिलमा जारी दोश्रो संस्करणको “कोभिड (१९ र विश्वको श्रम“ नामको ’आईएलो मनिटर’मा पूर्ण वा आंशिक लकडाउनले संसारका २.७ बिलियन काम्दारको जागिर संकटमा परेको उल्लेख गरेकोछ ।

लकडाउनले कामगर्ने समयपनि घटाएको उक्त रिपोर्टले बताएको छ । सो रिपोर्टले औसत ६.७ घण्टा कामहुने गरेको देखाएकोछ ।

त्यसको असर १९५ मिलियन कामादारको नियमित कामको समय घटेको मूल्याङ्कन समेत सो रिपोर्टले देखाएको छ ।

श्रम बजारमा नेपाल
माथि चर्चा गरीसाकियो कि कोरोना संक्रमणले न कुनै सिमा छोड्यो,न आर्थीक हैसियत न सामरिक क्षमता ।

त्यसैले रोजगार दातालाई परेको सिधा असरको प्रभाव श्रमिकमा पर्नु स्वभाबिकैहो । यसले हामीलाई के कस्तो सम्म असर गर्ला, सानो बिबेचना गरौ ।

विश्वव्यापीकरणले विस्तार गरेको भाईरस मात्रै होईन, रोजगारी पनि हो ।

त्यसैको असर महामारीले वैदेशिक रोजगार घर फिर्ता गराउदै नेपालको बहुआयामिक आर्थिक परिदृश्यलाई असर पार्ने छ। नेपाल राष्ट्र बैंकले गरेको ‘विप्रेषण प्राप्त गर्ने घरपरिवारको बचत तथा लगानी प्रवृत्ति’ सम्बन्धी तथ्यांकअनुसार विप्रेषण रकमको २५.३ प्रतिशत अंश ऋण तिर्नमा खर्च हुने गरेकोछ।

सो रकम २३.९ प्रतिशत खाद्यान्न तथा लत्ताकपडालगायतका दैनिक उपभोग्य वस्तु, ९.७ प्रतिशत शिक्षा तथा स्वास्थ्य, ३.५ प्रतिशत विवाह, व्रतबन्धलगायतका सामाजिक कार्य र ३ प्रतिशत घरायसी सम्पत्ति खरिदमा प्रयोग गर्ने गरेको देखिएको छ। सबैभन्दा बढी २८ प्रतिशत बचत र १.१ प्रतिशत उत्पादनमूलक क्षेत्रमा लगानी भएको अध्ययनले देखाएको छ।

‘विप्रेषणका रूपमा भित्रिने रकमको अधिकांश हिस्सा उपभोग्य वस्तुमा खर्च भइरहेको देखिए पनि यसले स्वास्थ्य, शिक्षालगायत घरपरिवारको जीवनस्तर उकास्न योगदान गर्दै आएको छ। लगानी र पुँजी निर्माणका माध्यमबाट प्रत्यक्ष रूपमा अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्दै आएको छ,’ कोभिड–१९ संक्रमणपूर्वको अध्ययन प्रतिवेदन भन्छ, ‘विप्रेषण आप्रवाहमा कमी आए यी सूचकहरूमा समेत प्रतिकूल असर पर्ने जोखिम रहन्छ।’ यसकारण मुलुकको जीडीपीको आकारभित्र नपर्ने रेमिट्यान्सको गिरावटले नेपाली अर्थतन्त्रका प्रायस्जसो सबै क्षेत्रलाई क्षति हुने छ ।

कोभिड–१९ संक्रमणसँगै वैदेशिक रोजगारीमा गएका ४५ लाखमध्ये कति घर फर्किएलान् र फर्किए भने कसरी व्यवस्थापन गर्ने भन्ने अनुमान चलिरहेकै बेला रेमिट्यान्ससम्बन्धी एक आकलन सार्वजनिक भएको छ। तथ्यांक विश्लेषण र अनुसन्धानमा भन्छ यस वर्ष एक खर्ब रुपैयाँ हाराहारी रेमिट्यान्स घट्नेछ।

गत आर्थिक वर्षमा ८ खर्ब ७९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकामा यस वर्ष ८ खर्ब पनि कट्ने छैन। ‘यो वर्ष सामान्य ५ प्रतिशत बढेर ९ खर्बको हाराहारीमा पुग्ने अनुमान भए पनि वैदेशिक रोजगारीबाट फर्कंदा र रेमिट्यान्स घट्दा कैयौं सामाजिक समस्या निम्तने मात्रै होइन, आर्थिक क्षेत्रमा यसको सिधा असर बैंकमा तरलता अभाव र विदेशी विनिमय सञ्चितिमा पर्नेछ। त्यस्को लेखा जोखा र संभावित जटिला परी स्थिती को सामना गर्न सरकार ले सोही अनुसार को रणा निती अबलंबन गर्नु पर्द छ ।

केही रोजगारदाताले संकटलाई कारण देखाउँदै श्रमिकलाई बेतलबी बिदामा बस्न बाध्य पारेका छन् भने कतिपयले रोजगारीबाट निष्कासननै गरेका छन् । हालसम्म कति नेपालीको रोजगारी गुमेको छ भन्ने यकिन आँकडा उपलब्ध नभए पनि रोजगारी गुमाउनेको संख्या ‘६ डिजिट’ (लाख) कै हुने अनुमान गर्न सकिन्छ ।

पारिश्रमिक भुक्तानी नदिइएको वा दिइएपनि पूरै दिना नसक्ने अवस्थाअ पनि आउँदाइ छ ।केहीलाई लकडाउनको समयमा काम नगरेको दिनलाई वार्षिक बिदामा मिलान गर्ने भनिएको छ । संकटका कारण काम गर्न नपाएको दिनको बदलामा वर्षभर हाडछाला घोटेर आर्जित वार्षिक बिदा गुमाउनुपर्ने वा पारिश्रमिकनै नपाउनु कुनै पनि हिसाबले जायज मान्न सकिन्न ।चर्को ब्याजमा लिएको ठूलो रकम तिरेर रोजगारीमा गएका श्रमिकले आम्दानी गुमाउनुपर्दा वा समयमै भुक्तानी नपाउँदा परिवारको खर्च धान्न र ऋणको सावाँ–ब्याज भुक्तानी गर्न समस्या परेको देखियो ।

विश्वमा नेपालीको स्थिती
हालको संकटले ’अनडकुमेन्टेड’ श्रमिकअझ बढी जोखिममा रहेको देखियो । स्वास्थ्य सेवा वा संकटकालनीन अन्य सहयोग लिन जाँदा ‘अवैधानिक’ भन्ने नाममा गिरफ्तारी वा कारबाहीमा पर्ने त्रास उनीहरूमा छ । त्यस्तै प्रायः घरेलु श्रमिक बाह्य सम्पर्कबाट वञ्चित हुने भएकाले उनीहरू पनि उच्च जोखिममा छन् । चकित पार्ने तथ्याङ्का कुबेतमा छ भनिन्छ । कुबेतमा त्यस्ता ’अन्डकुमेन्टेड’ नेपाली ५ हजार हाराहारीमा छन भन्ने गरिन्छ। र, ती सबै जसो घरेलु कामदारका रूपमा त्यहाँ रहेको भनिन्छ ।

खाडी र मलेसियामा झन्डै १५ लाख नेपाली कार्यरत छन् । साउदी अरब, यूएई र कुवेत मा लाखभन्दा बढी नेपाली कामदारले रोजगारी गुमाइसकेको र त्यसमध्ये करिब ७० हजार जतिलाई फर्काउन अनौपचारिक दबाब आइरहेको बुझिन्छ ।

साउदी अरबमा ३ लाख ५० हजार, यूएईमा २ लाख ५० हजार र कुवेतमा ८० हजार नेपाली कार्यरत रहेको अवस्था मा प्रधानमन्त्री केपी शर्मा ओलि ले आफ्ना समकशी हरु संग कुरा गरी त्यहाँ कार्यारअत नेपाली लाई आफ्ना नागरिक सरहा सेवा र सुरक्षा को आग्रह गरी सक्नु भएको छ ।

यद्यपी भोली असजिलो नै हुने समय आयो र आफ्ना नागरिक फर्काउनुपर्ने अवस्था आएमा फर्किएका नागरिकलाई क्वारेण्टाइन देखी खाने बस्ने समेतको प्रबन्धगर्न आपूर्ती ब्यबस्था को तयारी जरुरीछ ।

विश्वभर फैलिएको कोरोना भाइरस महामारी (कोबिड–१९) बाट गता शनिवार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएन) को संख्या २९ पुगेको छ।गैरआवासीय नेपाली संघका अनुसार बेलायतमा १७, अमेरिका ८, युएई २, आयरल्याण्ड १, जनाको ज्यान गएको हो। नेदरल्याण्डमा एक नेपालीको ज्यान गएसँगै यो संख्या २९ पुगेको हो। नेपाल बाहेक विश्वभर १ हजार १ सय ६६ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन्।२१ देशमा रहेका नेपालीहरु कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित छन्। संक्रमित हुनेमा देशमा अमेरिका ७ सय, युके २ सय, स्पेन १०, युएई ७१, जर्मनी ४, पोर्तुगल २२, अष्ट्रेलिया ११, आयरल्यण्ड २२, साउदी अरब ४, कुवेत २१, फ्रान्स १, जापान १, मलेसिया ३, म्यानरमार १, बेल्जियम ४, क्यानाडा ३, स्वीट्डरल्याण्ड ५, मल्टा २, हङकंङ १, र नेपाल ४३ जना कोरोना संक्रमित रहेको समितिले जनाएको छ।

भारतमा बसी रहेकाहरुकोपनि समस्या थपिएमा नेपालले आफ्ना नागरिक ब्यबस्थापनको रणनिती बनाउन ढिला गर्नुहुँदैन । मालदिभ्स, टर्कि,कोरिया,साईप्रस आदी देशमा रहेका अनडकुमेन्टेड नागरिकको बारेपनि सरकारले बोल्नु पर्ने समय हो यो ।

त्यस्तै विदा आएका वा भिजाको समय सकिएका नागरिकहरुको बैधताबारेपनि सरकारले बोल्नुपर्ने देखिन्छ ।
जसले गर्दा स्वास्थ्य समस्या हल हुँदै गर्दा मानबिय संकट उत्पन्न हुन न सकोस ।

यो अवस्थामा सरकार संग अपेक्षा स्वभाबैले हुनुपर्छ । तर सरकार ले जो जहाँ छ त्यही सुरक्षित रहना गरेको आह्वान न टेरी सामाजिक दूरी नै न रहने गरी दशै मा जस्तो लामबद्द भएर घर फर्किने, फर्किन उक्साउने सबै सचेत हुनुपर्दछ ।

(केहि तथ्याङ्कहरु लेख तयार पार्दासम्मका मात्रैहुन्)

प्रतिक्रिया दिनुहोस्