ललितपुरलाई माग्नेमुक्त बनाउने मेयरकाे घाेषणा



ललितपुर : ललितपुर महानगरपालिकाले माग्नेमुक्त सहर बनाउने भएको छ । ललितपुरमा बुधबार मानव सेवा आश्रमद्वारा आयोजित कार्यक्रममा महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले महानगरलाई माग्ने मुक्त बनाउन काम थालिएको बताए ।

 

सहरमा रहेका माग्नेका लागि आश्रम बनाएर व्यवस्थापन गरिने उनले जानकारी दिए । सहरमा रहेका माग्नेको स्वास्थ्य उपचार गराई परिवारमा स्थापना गर्ने योजना समेत रहेको उनले सुनाए । काठमाडौं उपत्यकालाई नै माग्नेमुक्त बनाउने विषयमा छलफल चलिरहेको पनि उनले जानकारी दिए ।

ललितपुर महानगरपालिकाले सडकमा रहेका माग्नेहरुलाई मानव सेवा आश्रममा पठाउने गरेको छ । मानव सेवा आश्रमले विभिन्न शाखामा गरी १ हजार ७ सय ५० व्यक्तिलाई आश्रय दिइरहेको कार्यक्रममा जानकारी दिइयो । 

प्रतिक्रिया दिनुहोस्